मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी

0
91

 मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा एमालेका आसबहादुर थकालीमा अध्यक्षमा बिजयी भएका छन् ।

थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत ल्याए । कांग्रेसकै अर्का बागी उम्मेदवार स्वतन्त्र महेन्द्र थकालीले २ सय ३६ मत ल्याएका छन् ।

माओबादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका दिनेशलाल थकालीले ५५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङले ७ सय ७ मत प्राप्तगरि बिजयी भइन् । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पुष्पा शेरचनले २ सय १५ मत प्राप्त गरेकी निर्बाचन कार्यालयका सुब्बा बालकृष्ण मिश्रले जानकारी दिए ।

यसअघि लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् ।

उनले ६ सय ३ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्रका इन्द्रधारा बिष्टले ४ सय ९५ मत ल्याए । अर्को अध्यक्षका उम्मेदवार माओबादी केन्द्रका घुर्मीवाङदेल बिष्टले १ सय ८ मत ल्याएका निर्बाचन अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिए । यहां एमालेले अध्यक्षमा उम्मेदवार उठाएका थिएन । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६ सय ५२ मत ल्याइ बिजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी एमालेकी पासाङ डोल्कर गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् ।

अध्यक्षमा बिजयी बिष्ट कांग्रेसका पुर्ब जिल्ला सभापति पनि हुन् । यि तिनैजना अध्यक्षका उम्मेदवारहरु पुर्बराजा झिग्मी पलवर बिष्टका नातेदार पर्छन् ।

मुस्ताङमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट दालोमे गाउँपालिकाबाट पहिलो बिजयी भइसकेका छन् । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएका छन् । बिष्टले ७ सय ५५ र गुरुङले २ सय ३ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन । राजु बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ बिजयी भएकी छिन् । उनकी प्रतिद्धन्दी कांग्रेसकी कुचान छुटेन गुरुङले ३ सय २२ मत ल्याएकी सहायक निर्बाचन अधिकृत जनक रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here