फुटबल प्रतियोगिता विद्यावाणी मावि, गणेश मावि र मुनाल एकाडेमी विजयी

0
80


काँकरभिट्टा | झापा जिल्लास्तरीय अन्तरमावि छात्र/छात्रा फुटबल प्रतियोगिता अन्र्तगत दोस्रो दिनको खेलमा विद्यावाणी मावि, गणेश मावि र मुनाल एकाडेमी विजयी भएका छन् ।

जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको मङ्गलबार छात्रतर्फको पहिलो खेलमा विद्यावाणीले धु्रवतारा माविलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै छात्रातर्फको दोस्रो खेलमा निहारीका मावि समयमा मैदान प्रवेश नगरेका कारण गणेश माविले वाक ओभर पाएर विजयी भएको थियो ।

त्यसैगरी आजै भएको छात्रतर्फको तेस्रो खेलमा मुनाल एकाडेमीले कन्काई माविलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पाखा लगाएको थियो ।

भोलीको छात्रतर्फको पहिलो खेल चुलाचुली मावि र प्रगती मावि, छात्रातर्फको पहिलो खेल हिमाली मावि र कन्काई मावि र छात्रतर्फ बाल कल्याण मावि र दुर्गा माविबीच हुने झापा रेफ्रि संघका अध्यक्ष प्रदीपकुमार बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here