बिर्तामोड नगरपालिका १ मा राप्रपाको सवै महिला उम्मेद्वार

0
111

बिर्तामोड | राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा राप्रपाले पाँच पदमा महिलालाई उम्मेद्वार छानेको हो ।

बिर्तामोड नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा शारदा रिजाल, दलित तर्फ मीना दियाली, खुल्ला सदस्यमा मुना कुमारी विष्ट , सीता काफ्ले र महिला सदस्यमा सुमित्रा अधिकारीलाई चयन गरीएको निर्वाचन परिचालन समितीका संयोजक डम्वर थापाले जानकारी दिनुभयो ।

महिला मैत्री बनाउन सवै सक्षम महिलालाई उम्मेद्वार बनाएको सो पाटीले जनाएको छ । विर्तामोड नगरालपालीकाको मेयरमा राप्रपाले यस अघिनै भक्ति सिटौलाको नाम सार्वजनिक गरीसकेको छ । त्यस्तै उपमेयरमा संचारकर्मी लिला अनमोल लाई उम्मेद्वार वनाएको छ । विर्तामोडका अन्य सवै वडामा उम्मेद्वारको छनौट चाडै गरीने संयाजक थापाले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here