चुलाचुली, कन्काई र दुर्गा मा वि विजयी

0
66

काँकरभिट्टा | झापा जिल्ला स्तरीय अन्तरमावि छात्र/छात्रा फुटबल प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा चुलाचुली मावि, कन्काई मावि र दुर्गा मावि विजयी भएका छन् ।

जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको बुधबार भएको छात्रतर्फको पहिलो खेलमा चुलाचली मावि, दमकले प्रगति मावि गौराहदलाई ४–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै छात्रातर्फको दोस्रो खेलमा कन्काई मावि, सुरुङ्गाले हिमाली मावि, पृथ्वीनगरलाई १–० गोल अन्तरले पराजित गरेको छ ।त्यसैगरी बुधबारै भएको छात्रतर्फको तेस्रो खेलमा दुर्गा माविले बाल कल्याण माविलाई ३–० गोल अन्तरले पाखा लगाएको थियो ।

बिहीबारको छात्रतर्फको पहिलो खेल इष्ट होराइजन अङ्ग्रेजी मावि र विद्यावाणी मावि, छात्रातर्फको पहिलो खेल महारानीगञ्ज मावि र लालिमा मावि तथा तेस्रो खेल मुनाल एकाडेमी र लिटल फ्लावर अङ्ग्रेजी माविबीच हुने झापा रेफ्रि संघका अध्यक्ष प्रदीपकुमार बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here