“दासढुंगा घटनाको अनुसन्धान हुन्छ” – ओली

0
65

काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय हत्या प्रकरणको अनुसन्धान गरिने बताएका छन् ।

२४ औं मदन आश्रित स्मृति सभालाई पुरानो पार्टी कार्यालय, मदननगर बल्खुमा  सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मदन भण्डारी र आश्रितको षड्यन्त्रपूर्वक ढंगले हत्या गरिएको आरोप लगाए ।

ओलीले भने,
-मदन आश्रित हत्या प्रकरणको छानबिन गर्न तत्कालिन कांग्रेस सरकारसँग एमालेले माग गर्दा एमालेमाथि नै सरकारले दमन गरेको थियो ।
-सरकराको दमनबाट २२ जना एमाले कार्यकर्ताको ज्यान समेत गयो ।
-सो समयमा सरकारले छानबिन आयोगलाई निष्पक्ष रुपमा काम गर्न दिएन र दसी प्रमाणहरु समेत हटायो ।

-मदन आश्रित चढेको गाडीका चालक अमर लामाई सरकारले सुरुमा ठूलो प्रोटेक्सन गर्यो । र पछि घटनाको रहस्य खुल्ने डरले लामाको पनि हत्या गरियो ।

निर्वाचनको प्रशंगमा ओलीले भने,
-नेकपा एमाले अग्रस्थानमा छ र अधिकांश स्थानमा विजयी हुन्छ ।
-कांग्रेसले गुण्डागर्दी शैली अपनायो तर उसले सोचेजस्तो परिणाम उसको पक्षमा आएन ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंग्ाामा दुर्घटनामा परी निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here