क्रिकेट प्रतियोगितामा ग्लोबल अङ्ग्रेजी मावि, सेन्टपल्स अङ्ग्रेजी मावि र काँकरभिट्टा मावि विजयी

0
74

काँकरभिट्टा | झापा जिल्लास्तरीय अन्तरमावि छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा ग्लोबल अङ्ग्रेजी मावि, सेन्टपल्स अङ्ग्रेजी मावि र काँकरभिट्टा मावि विजयी भएको छ ।जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टाको तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको आज भएको छात्रतर्फको पहिलो खेलमा ग्लोबल माविले कन्काई माविलाई २ विकेटले पराजित गरेको थियो ।

टस जितेर फिल्डिङ रोजेको ग्लोबललाई कन्काई माविले १२ ओभरमा ४६ रनको सानो लक्ष्य दिएको थिए । जसमा कन्काईका प्रशान्त श्रेष्ठले १५ रन जोडेको थियो । बलिङतर्फ ग्लोबलका सौरभ खनालले ३ विकेट लिएको थियो । प्रत्युत्तरमा ४७ रनको लक्ष्य लिएर मैदान ओर्लिएको ग्लोबलले ८ ओभरमा ८ विकेट गुमाउदै विजय लक्ष्य प्राप्त गरेको थियो । जसमा नकुल खतिवडाले १६ रन बनाएका थिए ।

बलिङतर्फ कन्काईका गगन पोडेलले २ विकेट लिएका थिए ।त्यसैगरी दोश्रो खेलमा सेन्टपल्स अङ्ग्रेजी माविले झिलझिले माविलाई एक विकेटले पराजित गरेको थियो ।

टस जितेर फिल्डिङ रोजेको सेन्टपल्स माविलाई झिलझिले माविले निर्धारित १५ ओभरमा ८७ रनको चुनौती दिएकोे थियो । जसमा सन्दिप पौडेलले २४ रन बनाएको थियो । बलिङतर्फ सेन्टपल्सका मनोज प्रधानले २ विकेट लिन सफल भएको थियो । प्रत्युत्तरमा ८७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको सेन्टपल्सले ११ ओभरमा एक विकेट बाँकी हुदै ९१ रन बनाएर विजयी भएको थियो । जसमा मन्दिप कार्कीले १९ रन जोडेका थिए । बलिङ्मा झिलझिलेका सुनिलले ५ विकेट लिएका थिए ।

त्यसैगरी आजै भएको तेश्रो खेलमा काकरभिट्टा माविले हरिकूल माविलाई ५१ रनले पराजित गरेको थियो । ट्स जितेर ब्याटिङ रोजेको काकरभिट्टा माविले १५ ओभरमा ९ विकेट गुमाउदै १ सय १६ रनको योगफल तयार गरेको थियो ।जसमा अर्जुन भूजेलले ३४ र अभिषेक श्रेष्ठले ३३ रनको योगदान दिएका थिए । बलिङतर्फ हरिकूलका दिनेश सिटौलाले ३ विकेट लिएका थिए । प्रत्युत्तरमा १ सय १७ रनको बिजय लक्ष्य लिएर मैदान छिरेको हरिकूल माविले सबै विकेट गुमादै ५५ रन मात्र जोड्न सफल भएको थियो । जसमा दिपक थापाले १४ रन जोडेका थिए । बलिङ तर्फ काकरभिट्टाका निरज र अन्जनले २/२ विकेट लिएका थिए ।

शक्रबारको खेल सेन्ट पल्स मावि र आर्दश मावि तथा ग्लोबल मावि र लक्ष्मी मावि बिच हुने क्रिकेटका पूर्व अन्र्तराष्ट्रिय खेलाडी लाक्पा लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here