फुटबल प्रतियोगितामा इष्ट होराइजन, लालीमा र मुनाल एकाडेमी विजयी

0
61

काँकरभिट्टा | झापा जिल्लास्तरीय अन्तरमावि छात्र/छात्रा फुटबल प्रतियोगिता अन्र्तगत बिहिवार भएको खेलमा इष्ट होराइजन मावि, लालिमा मावि र मुनाल एकाडेमी मावि विजयी भएका छन् ।

जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आज भएको छात्रतर्फको पहिलो खेलमा इष्ट होराइजन माविले विद्यावाणी माविलाई ५ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । इष्ट होराइजनका निशान सुब्बा र महेश राजवंशीले २ -२ गोल गरेका थिए ।
त्यस्तै छात्रातर्फको दोस्रो खेलमा लालिमा माविले महारानीगञ्ज माविलाई १ – ० गोलले पराजित गरेको थियो । लालिमाका पब्बी राईले निर्याणक एक गोल गरेका थिए । त्यसैगरी आजै भएको छात्रतर्फको तेस्रो खेलमा मुनाल एकाडेमीले लिटल फ्लावरलाई २ – ० गोलले पराजित गरेको थियो ।

श्ुाक्रबारको छात्रतर्फको पहिलो खेल चुलाचली मावि र मगलमय मावि,लखनपुर छात्रातर्फको पहिलो खेल ज्यामीरगढी मावि र सेन्ट जेभिर्यस माविबीच हुने झापा रेफ्रि संघका अध्यक्ष प्रदीपकुमार बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here