झापा जिल्ला स्तरीय अन्तर मावि स्तरीय क्रिकेट जेठ १२ देखि

0
74

काँकरभिट्टा |१९ औं अन्तर मावि जिल्लास्तरीय छात्र/छात्रा क्रिकेट प्रतियोगिता जेठ १२ गते देखि काँकरभिट्टामा आयोजना हुने भएको छ ।

विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले मिलन क्रिकेट क्लवको आयोजनामा स्थानीय तुर्केनी खेल मैदानमा सो प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष वीरु श्रेष्ठले जानकारी दिए ।

ट्वाइन्टी-ट्वान्टीको नियम अन्तर्गत सञ्चालन गरिने उक्त प्रतियोगितामा झापाका छात्रतर्फ १६ र छात्रातर्फ ८ वटा विद्यालयले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका विजेता, उपविजेता, वेष्ट अनुशासन टिम, म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, वेष्ट ब्याट्स म्यान, वेष्ट बलर, वेष्ट क्याच, वेष्ट विकेट किपर, वेष्ट फिल्डरलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here