बासुमा बाल क्लब

0
70

दुहागढी | दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा मनिष राजवंशीको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।

सोमबार गठित क्लबको उपाध्यक्षमा निशा भुजेल, सचिव सुनिता राजवंशी, सहसचिव अभिषेक कटुवाल र कोषाध्यक्ष नुरेशा खातुन चयन भएका छन् । समितिका सदस्यहरुमा सुजन विर्जा, देविका भुजेल, राजन विक, प्रिती खड्का, समिक्षा ल्वागुन र रिंकु खड्का छन् ।

क्लबका संरक्षक शिक्षक पदमप्रसाद मिश्र र सह संरक्षक शिक्षक प्रमिला ढुंगाना चयन भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले बाल क्बलका काम कर्तव्य र अधिकारका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here