साहित्यकार बशिष्ठको निधन

0
69

भद्रपुर | झापाका पुराना शिक्षा सेवी तथा साहित्यकार खडानन्द बशिष्ठको ७५ वर्षको उमेरमा आज निधन भएको छ । विसं १९९९ पौष १५ गते जन्मिएका वाशिष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले झापाको सदरमुकाम स्थित चन्द्रगढीमा रहेको वीरेन्द्र माविको अंग्रेजी शिक्षक भइ सहायक प्रधानध्यापक सम्मको जिम्मेवारी बहन गरी सामुदायिक विद्यालय शिक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

झापाको संस्थागत विद्यालय सञ्चालनमा पनि उत्तिकै योगदान पुरयाएका वशिष्ठले प्रज्ञा एकाडेमी चन्द्रगढी –५ को संस्थापक÷प्रिन्सिपल रहेर एकदशक बढी नाफामुखी शिक्षण भन्दा सेवामुलक शिक्षणमा प्रतिवद्ध रही गैर सरकारी विद्यालयलाई व्यवस्थित सञ्चालनको जग खडा गराई विस २०६३ यता शिक्षण पेशा छाडेका थिए ।

विभिन्न संघसंस्था तथा साहित्य लेखनमा सक्रिय वाशिष्ठले विशेषगरी बालकेन्द्रित ज्ञानवद्र्धक निबन्धात्मक लेखनमा बढी रुची राखेको पाइन्छ । साहित्य लेखनमा सक्रिय हुनु अगाडि वाशिष्ठले अंगे्रजी व्याकरणको पुस्तक प्रकाशन गरी अंग्रेजी सिक्न चाहने विद्यार्थीहरुलाई सजिलो बाटो देखाई अधिक प्रशंसक बटुलेका थिए ।

प्रथम साहित्यिक कृतिका रुपमा वाशिष्ठले “मैले देखेको अमेरिका ”नामक नियात्रा संग्रह विसं २०६८ सालमा प्रकाशन गरेका थिए । वाशिष्ठले पछिल्लो पटक दुई कृति एकैसाथ प्रकाशनमा ल्याएका थिए । विस २०७० मंसिर अन्तिम हप्ता प्रकाशित दुवै कृति निवन्ध विधामा संरचित रहेका छन् । पहिलो कृति ‘मैले देखेको अमेरिका’ भाग २ यात्रा निवन्ध संग्रह हो जसमा अमेरिकाको दोश्रो पटकको बसाइलाई शीर्षक बद्ध गरिएको छ । त्यसैगरी अर्को पुस्तक ‘जीवनका पाइलाहरु’ आत्मापरक शैलीमा लेखिएको आफ्नो जीवन भोगाइ र भारतको असाममा बस्ने नेपालीहरुको जीवन शैली झल्काउन सफल कृति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here