अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
70

मेचीनगर | जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरको आयोजना तथा काँकरभिट्टा स्वास्थ्य केन्द्रको व्यवस्थापनमा मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रको सभाहलमा आयोजित कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक ब्रजेश मेहेताले गरेका थिए ।

कार्यक्रममा नसर्ने रोग तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन बारे जानकारी गराइएको थियो । ‘हामीले दैनिक रोग बढाइ रहेका छौँ’ मेहेताले भने – ‘हामीले खाने खाना सन्तुलित नहुँदा यस्तो भएको हो ।’

कार्यक्रममा ४० जना भन्दा बढीको उपस्थिति रहेको केन्द्रका अहेब हरिश्चन्द्र देवकोटाले बताए । काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख तालबहादुर खड्काले सञ्चालन गरेको कार्यक्रमको समापन मन्तव्य सदस्य एवम् वडा सचिव इन्दिरा खरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here