माओवादीको पनि उम्मेद्वार घोषणा

0
71

झापा | आगामी जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले उम्मेद्वारी घोषणा धमाधम गर्न थालेको छ ।

दक्षिणी झापा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ६ नम्वर वडाका वडाध्यक्ष र सदस्यहरुको एक कार्यक्रममकाविच माओवादी केन्द्रले उम्मेद्वार घोषणा गरेको हो ।

बाँकी एउटा वडामा भने दुई दिनभित्रै घोषणा गरी सक्ने पार्टीका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीले बताए । पार्टीले झापा गाउँपालिकाको अध्यक्षमा भूमिगत कालदेखिकै कार्यकर्ता रुद्र बजगाँईलाई र उपाध्यक्षमा पवित्रा राजवंशीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै, १ नम्बर वडाको वडा अध्यक्षमा जोलिम मिया, २ नम्बर वडामा तेजनारायण राजवंशी, ३ नम्बर वडामा देवीप्रसाद अधिकारी, ४ नम्बर वडामा मुस्तफा मिया, ६ नम्बर वडामा योगराज मैनाली र ७ नम्बर वडामा दिलिपकुमार दासलाई वडा अध्यक्षको उम्मेद्वारी घोषणा गरिएको छ । उम्मेद्वार बनेका सबैलाई माओवादी केन्द्र प्रदेश नम्बर १ का इञ्चार्ज सावित्रीकुमार काफ्लेले पार्टीको झण्डा र व्याज प्रदान गरेकी थिइन् ।

कार्यक्रममा कार्यक्रममा काफ्ले, केन्द्रिय सल्लाहकार भानु बुढाथोकीलगायतले माओवादीले २०७० सालको निर्वाचनमा भन्दा यो स्थानीय तहको निर्वाचनमा आफुलाई सुधारेर लगेको भन्दै पार्टीले सरकारमा रहेर गरेका कामहरुलाई समेत जनताको घरदैलोमा लैजानुपर्नेमा जोड दिइन् ।

माओवादी केन्द्रले यस अघिनै झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकाको मेयरमा गगन पुरी र उपमेयरमा शान्ता धिमाल, बिर्तामोड नगरपालिकाको मेयरमा सिपी कड्रिया र उपमेयर लक्ष्मी न्यौपाने सरु, कमल नगरपालिकाको मेयरमा बिमल संग्रौला  र उपमेयरमा गौरी राईलाई घोषणा गरेको छ ।

यस्तै अर्जुनधारा नगरपालिकामा भुपेन्द्र न्यौपाने मेयर र अस्मिता तामाङ्ग उपमेयर, मेचीनगर नगरपालिकामा हशंलाल राजवंशी मेयर र इन्दिरा कार्की उपमेयर, कचनकवल गाउँपालिकामा हशंनारायण राजवंशी अध्यक्ष र इश्वरीमाया गाइने उपाध्यक्षको उम्मेद्वार बनाइएको माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्गले बताए ।

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसीप्रसाद ओलीलाई उम्मेद्वार बनाउने निर्णय भएको र उपाध्यक्षको भने निर्णय नभइसकेको साम्पाङले बताए । बाँकी स्थानहरुमा केही दिन भित्रै उम्मेद्वारी टुंगो लगाउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here