वडामा काँग्रेसको उम्मेद्वार

0
71

सुरुङ्गा | आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि साना—ठूला विभिन्न राजनीतिक दलहरु आआफ्नो पार्टीको उम्मेद्वार छनौट गर्नमा व्यस्त छन् ।

सत्ता साझेदार पार्टी नेपाली काँग्रेसको क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति भीमप्रसाद राजवंशीको अध्यक्षतामा सोमबार बसेको क्षेत्रीय समितिको वैठकले क्षेत्रमा रहेका दुई वटा नगरपालिका कनकाई र अर्जुनधारा भित्रका २० वटा वडामा उम्मेद्वारको टुंगो लगाएको हो । कनकाई नगरपालिकाका ९ वटा र अर्जुृनधारा नगरपालिकाका ११ वटा वडा गरी २० वटै वडामा वडा अध्यक्ष र परिषद सदस्यहरुको टुंगो लागि सकेको जनाइएको छ ।

कनकाईको वडा नम्वर १ को वडा अध्यक्षमा शम्भु खड्का तथा परिषद सदस्यहरुमा पदम खवास, मोहन खतिवडा, महिला सदस्यमा सकुन्तला खत्री र दलित महिला सदस्यमा सञ्जीता घतानी ल्वागुन  छन् । वडा नम्वर २ को वडा अध्यक्षमा अर्जुन राई , सदस्यहरुमा देवेन्द्र रिसाल, ध्रुव भट्टराई, महिला सदस्यमा दुर्गा खड्का र दलित महिला सदस्यमा मिनाकुमारी दर्जी छन् । वडा नम्वर ३ को वडा अध्यक्षमा रुद्रप्रसाद चिमरीया, सदस्यहरुमा यदु अधिकारी, अर्जुन बोहोरा, महिला सदस्यमा भगवती कटुवाल र दलित महिला सदस्यमा चेली घतानी रहेका छन् ।

त्यस्तै , वडा नम्वर ४ को वडा अध्यक्षमा कमल दाहाल, सदस्यहरुमा मानबहादुर श्रेष्ठ, रामवहादुर लिम्वू, महिला सदस्यमा गोमा सिटौला र दलित महिला सदस्यमा सीता सुजी छन् । वडा नम्वर ५ को वडा अध्यक्षमा रमेश दाहाल, सदस्यहरुमा सलबहादुर फावेन, महिला सदस्यमा निर्मला सिलवाल र दलित महिला सदस्यमा वुद्घिमाया लकान्द्री छन् । वडा नम्वर ६ को वडा अध्यक्षमा लक्ष्मीप्रसाद ओली, सदस्यहरुमा ताराप्रसाद फुँयाल, अर्जुनप्रसाद राजवंशी, महिला सदस्यमा शारदा घिमिरे र दलित महिला सदस्यमा गोमादेवी दर्जी छन् ।

त्यसैगरी, वडा नम्वर ७ को वडा अध्यक्षमा यादव उप्रेती, सदस्यहरुमा भवानी शिवाकोटी, भगन टुडु, महिला सदस्यमा अरुणा लिम्वू र दलित महिला सदस्यमा अम्बिका रसाइली  छन् । वडा नम्वर ८ को वडा अध्यक्षमा दुर्गाप्रसाद पराजुली, सदस्यहरुमा नारायण चौधरी, अर्जुन कटुवाल, महिला सदस्यमा हिमा श्रेष्ठ भेट्वाल र दलित महिला सदस्यमा मिना विश्वकर्मा छन् । वडा नम्वर ९ को वडा अध्यक्षमा प्रेमप्रसाद राजवंशी तथा सदस्यहरुमा राजेश आङ्वुहाङ्, भक्तबहादुर तिम्सिना, महिला सदस्यमा शान्ता चुडाल र दलित महिला सदस्यमा मुना शिवा उम्मेद्वार बनेका छन् ।

मेयर र उपमेयरका लागि नगर, क्षेत्र र जिल्लाबाट सिफारीस भएर आएका नामलाई अन्तिम निर्णयका लागि केन्द्रमा पठाइएको क्षेत्रीय सचिव सूर्य गुरुङले जानकारी दिए ।

कनकाई नगरको मेयरमा एकराज उप्रेती, रमेश श्रेष्ठ, खगेश्वर उप्रेती , शेरबहादुर थापा र लीलाबहादुर कटुवालको नाम सिफारिस गरिएको छ । त्यस्तै उपमेयरमा कविता वस्नेत, सुन्दरा ल्वागुन, भगिरथा चापागाँई पोखरेल, मान्ता खरेल र धनमाया चिमरियाको नाम प्रस्ताब गरी पठाइएको गुरुङले बताए ।
झापामा एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिलगायतका दलहरु आफ्ना पार्टीका उम्मेद्वार बनाउन र घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here