महिला फुटबलमा पारिजात क्लब फाइनल प्रबेश

0
85

काकरभिट्टा । प्रथम झापा जिल्ला स्तरिय महिला नक आउट फुटबल प्रतियोगिताको बिहिबार भएको उद्घाटन खेलमा पारिजात फुटबल क्लब सालबारी फाइनल प्रबेश गरेको छ ।

नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगरको आयोजनामा संचालित प्रतियोगिताको आज भएको खेलमा पारिजात फुटबल क्लबले कन्काई फुटबल क्लब सरुलाई ४ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

काकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा पारिजातकी सम्झाना लावतीले हे्याट्रिक गरेकी थिइन भने दिक्क्षा नेपालीले एक गोल गरेकी थिइन् । खेलको हुमेन अफ दि म्याच पारिजातकी सम्झाना घोषित भइन् ।

उदघाटन खेलमा प्रमुख अतिथी समाजसेवी बिमल आर्चाय, जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष शकर थापा, बरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आले मामा,काकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगा लाल गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

शुक्रवारको खेल जुनतारा फुटबल क्लब, खुदुनाबारी र सनसाइन फुटबल क्लब ज्यामीरगढी बिच हुने भएको छ । प्रतियोगितामा झापाका ४ वटा महिला फुटबल क्लबको सहभागीता रहेको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेताले क्रमशः नगद २५ हजार, १५ हजार ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने संघका अध्यक्ष कर्ण थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here