अन्तर मावि झापा जिल्ला स्तरीय छात्र/छात्रा क्रिकेट प्रतियोगिता शुरु

0
96

काँकरभिट्टा | झापाको मेचीनगरमा आजदेखि १९ औँ अन्तर मावि झापा जिल्ला स्तरीय छात्र÷छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा  छात्रातर्फ मेची मोडल एकाडेमी विजयी भएको छ ।

मेचीनगर–६ स्थित बर्मेली टोलको तुर्केनी खेल मैदानमा भएको खेलमा काँकरभिट्टा माविलाई ९ विकेटले पराजित गर्दै मोडेलले विजयी शुरुवात गरेको हो । टस जितेर पहिलो ब्याटिङ गर्दै काँकरभिट्टाले १० ओभरमा ५ विकेटको क्षतिमा ५२ रनको झिनो योगफल तयार पारेकोे थियो । उसका लागि कुनै पनि ब्याट्सउमनले दोहोरो अंक बटुल्न सकेनन् । मोडेलका तर्फबाट स्मृति कुँवरले ३ र सृृष्टिले २ विकेट लिएकी थिइन् ।

५३ रनको योगफल पछ्याएको मोडलले ५ दशमलब ४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । मोडलका तर्फबाट कलिना साहले १७ र स्मृति कुँवरले ११ रन बनाएका थिए । काँकरभिट्टाका तर्फबाट प्रतिभा राईले १ विकेट लिएकी थिइन् । खेलको उमन अफ दि म्याच स्मृति कुँवर घोषित भइन् ।

शनिबार छात्रातर्फ तारापुञ्जको इष्ट होराइजनसँग प्रतिष्पर्धा हुनेछ । त्यस्तै, छात्रतर्फ चिल्ड्रेन इनभाइरोमेन्ट बिर्तामोडको सामना पशुपति मावि काँकरभिट्टासँग तथा अर्काे खेल गोर्खा मावि र आदर्श माविबीच हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here