गणतन्त्र दिवस मनाउँन समिति

0
76

भद्रपुर | जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउन जिल्ला समन्वय समिति झापाको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला समारोह समिति गठन गरिएको छ । गणतन्त्र दिवस विविध कार्यक्रमका साथ जेठ १४, १५ र १६ गते तीन दिन सम्म मनाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज वसेको वैठकले १४ गते जिल्ला खेलकुद विकास समिति झापा र रोटरी क्लव अफ भद्रपुरको सहयोगमा व्याटमिन्टन प्रतियोगीता , १५ गते चन्द्रगढी स्थित लेखनाथ चौकमा उपस्थित भई वजार परिक्रमा पश्चात कभड हलमा भेला भइ प्रवचन , व्याटमिन्टन खेलको फाइनल सम्पन्न गर्ने र विजेतालाई पुरस्कार वितरण गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति झापाका अधिकृत जय तिम्सीनाले जानकारी दिए ।

त्यसै दिन जनआन्दोलनका सहिद परिवारलाई सम्मान गर्ने , मेची अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने बैठकले निर्णय गरेको छ । उक्त तीनदिन साँझमा सवै तिर दिपावली गर्न समेत सवैमा आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here