नेपाली काँग्रेसको संवाद सहमति गठन

0
71

झापा |आसन्न स्थानीय तहको निर्वाचनका लागि अन्य राजनीतिक दलसंग सहकार्य र सहमति गर्न नेपाली काँग्रेस झापाले जिल्लाका सातवटै निर्वाचन क्षेत्रमा संवाद समिति गठन गरेको छ । समाचार स्रोतका अनुसार समितिमा एकजना संयोजक र दुई जना सदस्य रहेका छन् ।

क्षेत्रनम्बर —१ मा जिल्ला उपसभापति राम कट्टेलको संयोजकत्वमा गठित समितिमा जिल्ला सचिव प्रेम सम्वाहाम्फे र कोषाध्यक्ष केशवराज पाण्डे सदस्य छन् ।यसैगरी, क्षेत्रनम्बर—२ को संयोजकमा लक्ष्मण खड्का र सदस्यहरुमा कुमार भट्टराई तथा सीता पौडेल, क्षेत्रनम्बर— ३ मा भूमि राजवंशी संयोजक, सुरेश गिरी र गोमा भट्टराई सदस्य, क्षेत्रनम्बर—४ मा दीपक तामाङ् संयोजक तथा पुण्य ओझा र गोपाल उप्रेती सदस्य छन् ।

क्षेत्रनम्बर—५ को संयोजकमा देउमान थेवे तथा सदस्यहरुमा भगिरथ पोद्दार र पुण्य ढकाल, क्षेत्रनम्बर —६ मा किरण भट्टराई संयोजक तथा सदस्यहरुमा ज्ञानेन्द्र खत्री र बद्री कार्की छन् । यसैगरी, क्षेत्रनम्बर—७ मा संयोजक सुर्य सुब्बा र सदस्यहरुमा टीका सापकोटा र राजन ढुंगेल छन् । गठित समितिले सम्बन्धित क्षेत्रमा रहेका सहयात्री राजनीतिक दलसंग संवाद र छलफल गरी चुनावी तालमेल गर्ने बताइएको छ । ‘हाम्रो पार्टी सहकार्य सहमति र एकताका साथ अघि बढ्ने पार्टी हो ’ जिल्ला तहका एकजना नेताले भने—‘ यसै कारण नेपाली काँग्रेस सवैलाई मिलाएर लिएर जानका लागि अघि बढेको हो ।’

पार्टी स्रोतका अनुसार स्थानीय तहको निर्वाचनका लागि डिल्ली सिटौलाको संयोजकत्वमा अनुगमन र मुल्याङ्कन समिति समेत निर्माण गरेको छ । समितिमा सातवटै निर्वाचन क्षेत्रबाट एक/ एकजनालाई सदस्य बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here