रक्तदान कार्यक्रम सम्पन्न

0
64

काँकरभिट्टा | रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित शनिबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन चाँदी व्यवसायी संघ शाखा मेचीनगरले आयोजना गरेको कार्यक्रममा सशस्त्र, जनपद, म्यादी प्रहरी, उद्योगी व्यवसायी, राजनीतिकर्मीलगायत ५० जना भन्दाबढीले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटि उपशाखा धुलावारीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३५ औँ पटकसम्म धेरैले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदातालाई कार्यक्रमका प्रमुख अतिथि सुन चाँदी व्यवसायी संघ झापाका उपाध्यक्ष राजकुमार गुप्ताले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर १ का प्रदेश सदस्य विष्णु प्रसाई, नेपाली काँग्रेस महासमिति सदस्य बिमल आचार्य, नेपाल रेडक्रस सोसाईटि उपशाखा धुलावारीका अध्यक्ष हेमन्तराज दवाडी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, रोटरी क्लब अफ काँकरभिट्टाका पुर्व अध्यक्ष दिलीप सुवेदी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मी, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक नारायण आचार्यलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here