नेपालगन्जको एक पसलमा भीषण आगलागी

0
61

नेपालगन्ज | नेपालगन्जको धम्बोजी चोक नजिक रहेको एक पसलमा आगलागी भएको छ । श्रेया इन्टरप्राइजेजमा आगलागी भएको हो । अहिले दुई दमकलसहित स्थानीय, नेपाली सेना, प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् । कार्पेट, फर्निचर पसलबाट लागेको आगो अन्यत्र फैलिइरहेको छ । नजिकैको होटलमा मान्छे रहेको आशंकामा प्रहरीले उद्धार गरिरहेको छ । त्यसक्रममा एक प्रहरी घाइते भएका छन् ।

बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईको नेतृत्वमा सुरक्षाकर्मी आगो निभाउन खटिएका छन् ।आगो नियन्त्रणमा कोहपुर र नेपालगन्जको दमकल तैनाथ गरिएको हो । आगलागी करिब बिहान साढे ९ बजेतिर सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here