मत खेर पो जाने हो की भन्नेमा मा नेत्रहिनको चिन्ता

0
71

झापा | झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन अपाङ्गमैत्री नभएको भन्दैं झापाका अपाङ्ता भएका र नेत्रहिन व्यक्तिहरुले दुखेसो व्यक्त गरेका छन् । कुनै पनि राजनीतिक दलले अपाङ्ता भएका र नेत्रहिनहरुलाई उम्मेद्वार नबनाएर अपहेलना गरेको उनीहरुको गुनासो छ । उनीहरुले यस्ता व्यक्तिका लागि बैक्लपिक व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

‘२० वर्षपछि आफुले चाहेको व्यक्तिलाई चुन्ने अवसर हो, यो यसकारण चुनाव हुने खवरले हामी सवै उत्साहित थियौ’ झापा नेत्रहिन संघका अध्यक्ष द्रोणचार्य निरौलाले भने—‘तर, आफ्नो जनप्रतिनिधि आफै छान्ने अवसरबाट हामी बञ्चित हुने अवस्था आयो ।’कुनै पनि दलले यस्ता व्यक्तिलाई उम्मेद्वार नबनाएका कारण स्थानीय तहमा उनीहरुको सुनिश्चिता नहुने र यो चुनाव नेत्रहिन र अपाङ्ता भएका व्यक्तिले अपनत्व गर्ने खालको नभएको उनको भनाई छ ।

निरौलाले यो चुनावलाई अपाङ्ग र नेत्रहिन मैत्री बनाउन समेत आग्रह गरेका छन् । ‘त्यसै त हामी आँखा देख्दैनौ’ निरौलाले भने—‘ मतदान अधिकृत वा आफुले इच्छाएको व्यक्ति लैजान सक्ने भनिएको छ, राजनीतिमा एउटै घरका बाबु छोरा, आमा छोरीबीच त विशवास हुदैंन हामीले रोजेको व्यक्तिलाई नै आफुले इच्छाएको व्यक्तिले मत दिए भनेर विश्वास गर्ने आधार के यस कारण निर्वाचन आयोगले यो मुलकका नेत्रहिन र अपाङ्गता भएका व्यक्तिहरुका लागि विद्युतीय मतदानको व्यवस्था गर्नुपर्छ ।’

झापाका धेरै नेत्रहिन र अपाङ्ता भएका व्यक्तिहरुमा क्षमता भएपनि कुनै पनि दलले उम्मेद्वार नबनाएका कारण यस्ले समाजमा नेत्रहिन र अपाङ्ता भएका व्यक्तिलाई हेर्ने सोच र विचारमा परिवर्तन नआएको उनको भनाई छ । झापाका कुनै पनि राजनीतिक दलले फरक क्षमता भएका व्यक्तिलाई अवसर नदिएको उनीहरुको भनाई छ ।

‘हामी कसैको दया माया र सद्भाव भन्दा पनि अवसरको खोजीमा छौ’ दुर्गा मावि गरामनीका दृष्टि विहीन शिक्षक चन्द्रप्रसाद भट्टराईले भने—‘ सिहंदरबारको ७० प्रतिशत अधिकार स्थानीय तहमै आउने भएपनि हाम्रो प्रतिनिधित्व खासै नदेखिएपछि हामीलाई दुःख लागेको छ ।’ मतदान स्थल, मतदान केन्द्र र मतपत्रमै नेत्रहिन र अपाङ्ता भएका व्यक्तिलाई समस्या भएको उनको भनाई छ । मतदान स्थल, मतदान केन्द्र र मतपत्र अपाङ्मैत्री नभएका कारण आफु जस्ता धेरैलाई समस्या भएको उनको भनाई छ । सकेसम्म फरक क्षमता भएका व्यक्तिहरुका लागि अलग अलग मतपत्र बनाउन उनले आग्रह गरेका छन् । २० वर्षपछि भएको चुनावमा आफ्नै मत खेर त जाने होइन भन्ने चिन्ताले झापामा उनी जस्ता धेरैलाई सताएको उनको भनाई छ । हामी मतपत्र नै देख्दैनौ, हामीले लिएर गएको व्यक्तिले हामीले भनेकै लाई मतदान गर्छ कि गर्दैन यो पिरोलोले सताउन थालेको उनी सुनाउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here