गणतन्त्र दिवसमा विविध कार्यक्रम

0
66

झापा | १० औँ गणतन्त्र दिवसका अवसरमा आज स्टुडेन्टस राईजिङ्ग टिम झापाले मेचीनगरमा र्याली र कोणसभा सम्पन्न गरेको छ । विहान मेचीनगरको इटाभट्टाबाट मेचीनगर नगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले उद्घाटन गरेको र्याली काँकरभिट्टामा पुगेर कोणसभामा परिणत भएको थियो ।

काँकरभिट्टा बजारको मुख्यः मुख्यः भागको परिक्रमा पश्चात स्थानीय पञ्चमुखी हनुमान मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । ‘विद्यार्थीहरुको एकता आजको आवश्यकता’ भन्ने नारा लेखिएको प्ले कार्ड, व्यानर र्यालीमा सहभागीले बोकेका थिए । यसैगरी, गणतन्त्र दिवशको अवसर पारेर जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले सोमबार ‘वित्तिय साक्षरता तथा प्रशासनिक’ विषयक अन्तरक्रिया गरेको छ ।

मेचीनगर— १० धुलाबारीस्थित संस्थाको सभाकक्षमा संस्था अन्तर्गतको शिक्षा उप समितिद्वारा आयोजित कार्यक्रममा सहजिकरण संस्थाका अध्यक्ष चुडामणि बराल र ब्यवस्थापक सुन्दरबहादूर मगरले गरेका थिए ।

सञ्चालक सदस्य, शिक्षा र महिला उप समिति, शेयर सदस्य, कर्मचारी गरी ३५ जना सहभागि कार्यक्रममा प्रशिक्षकद्वय बराल र मगरले लेखा, पल्स, चार खाता, प्रशासनिक ढाँचा, कार्यालय सञ्चालनलगायत विविध विषयमा प्रशिक्षण दिएका थिए ।

आयोजक उप समिति संयोजक पशुपति नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कर्मचारी सचिता निरौला र स्वागत लेखा समिति संयोजक डिल्लीराम खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here