झापामा थप ४ सय सुरक्षाकर्मी

0
58

झापा । सुरक्षाको दृष्टिले झापाको अधिकांश प्रस्तावित मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले ‘सम्वेदनशील’ मानेको छ ।

जसका कारण मात्र केन्द्रीय प्रहरी कार्यालयबाट मंगलबार विहान मात्र थप ४०० सुरक्षाकर्मी झापा आइपुगेका छन् ।

झापामा कूल मतदात स्थान २८३ छन् । जसमा ६ सय ५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । जसमध्ये १ सय २७ केन्द्रलाई अति सम्बेदनशील र ५ सय १ केन्द्रलाई सम्बेदनशील भनिएको छ । २७ वटा मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी शैलेन्द्र थापाले चुनाव हुनु एक हप्ता अघि थप सुरक्षाकर्मी आउने बताए । उनले चुनावलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनका लागि सुरक्षाकर्मी थप गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here