ट्याङ्कर र बसमा च्यापिएर मृत्यु

0
54

धुलावारी, १६ जेठ | ट्याङ्कर र बसमा च्यापिएर झापाको मेचीनगर—१० मा मंगलबार विहान एकजनाको मृत्यु भएको छ ।

तेल हाल्नका लागि स्थानीय नन्दा पेट्रोल पम्प परिसरमा ना २ ख २९७१ नम्बरको ट्याङ्कर पछाडी सार्ने क्रममा ट्याङ्कर पछाडि रोकिराखेको मे १ ख १३०३ नम्बरको बसको बीचमा परेर मे ४ ख १३१९ नम्बरको ट्रक चालक मेचीनगर—१० बस्ने ५८ वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

गम्भीर घाइते भएका दाहालको उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु प्रहरीले जनाएको छ । दाहाल पेट्रोल पम्प परिसरमा पार्किङ गरी राखेको आफ्नो ट्रक लिन जानेक्रममा उक्त घटना भएको हो । उनी स्वयम् ट्रकधनी पनि हुन् । बस ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय काँकरभिट्टको नियन्त्रणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here