व्युटीपालर तालिम

0
77

बिर्तामोड | झापाका राजबंशी महिलाहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यका साथ एक महिने व्युटीपार्लर तालिम प्रदान गरिएको छ ।

बिर्तामोडमा गत बैशाख १५ गतेबाट शुरु गरिएको व्युटीपार्लर तालिममा बिर्तामोड, शरणामती, चकचकी , भद्रपुर, बनियानीलगायतका १५ जना महिलाहरुले प्रशिक्षण लिएका छन ।

राजवंशी महिला समाज केन्द्रिय कार्यालयले आदिवासी जनजाति उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा झापाका महिलाहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने प्रशिक्षण दिएको हो ।

तालिम बुधबार समापन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघका सचिव सुकमति राजवंशीको प्रमुख आथित्यतामा समापन गरिएको कार्यक्रममा राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकार राजवंशी, राजवंशी धर्म संस्कार समिति झापाका अध्यक्ष लखन राजवंशी, समाजसेवीहरु रामु सिहं मंमता राजवंशीलगायतले तालिममा सीकेको सिपलाइ व्यवहारमा उर्तान पर्नेमा जोड दिएका थिए ।

राजवंशी महिला समाजका अध्यक्ष नविन राजवंशीको सभापतित्व रहेको कार्यक्रको सञ्चालन सचिव सनम राजवंंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here