अरुणोदयमा निर्वाचनद्वारा कप्तान घोषित

0
97

अरुणोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयको आयोजनामा आज विद्यालयको कप्तान तथा उपकप्तानको निर्वाचन सम्पन्न भएको छ ।

विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत २०८ जना विद्यार्थीहरु मतदाता रहेको निर्वाचनमा कक्षा १० मा अध्ययनरत छात्र सौरभ भट्टराई अन्य चारजना प्रतिस्पर्धीलाई पछि पार्दै १४६ मत प्राप्त गरी विजयी भएका छन् । त्यसै गरी उपकप्तान तर्फ पाँच जानालाई उछिन्दै छात्रतर्फ कक्षा ९ मा अध्ययनरत प्रवेश भूजेलले १६० मत प्राप्त गरी विजयी भएभने छात्रा तर्फ कक्षा ९ मै अध्ययनरत रिया ढुङ्गाना १८१ मत प्राप्त गरी विजयी भएकी छिन् ।

उक्त निर्वाचनमा जम्मा ९५.६ प्रतिशत मत खसेको कुराको जानकारी निर्वाचन समितिका संयोजक शिक्षक मौसम पोखरेलले दिनु भयो । । विजयी उम्मेद्वारहरुलाई विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलले अविर तथा माला पहिराएर आगामी कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभयो ।

निर्वाचन समितिका संयोजक मौसम पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक राजकुमार विश्वकर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here