दुर्घटनामा उप्रेतीको मृत्यु

0
71

शिवसताक्षी | पुर्वपश्चिम राजमार्गको दुधे सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

शिवसताक्षी—११ स्थित पद्मा पेट्रोलपम्पको छेउमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ४ प ८६३२ नम्बरको मोटरसाइकललाई सोही दिसाबाट आईरहेको को १ ख ४२७७ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय शान्तिराम उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार कै क्रममा शुक्रबार राती ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस , चालक र मोटरसाईकल इलाका प्रहरी र्कायालय झिलझिलेको नियन्त्रणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here