हात्तीको आक्रमणबाट मृत्यु

0
70

जलथल | विहीबार दिउसो जंगलमा च्याउ खोज्न गएकी एक वृद्धा महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।

हल्दीबारी—४ जलथलकी ६० वर्षीया रथि मेचे स्थानीय चौकी विरान हरियाली सामुदायिक वनमा च्याउ खोज्न गएको बेला साँझ हात्तीको आक्रमणमा परेकी थिईन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान ११ बजे घरबाट नजीकैको वनमा च्याउ खोज्न गएकी मेचेलाई साँझ ६ बजे हात्तीले आक्रमण गरेको हो ।

मेचेको कम्मरदेखि तलको सवै हात्तीले कुल्चिएको थियो । गाउँले उनलाई मृतदेखि पछि जलथल प्रहरी चौकीलाई खबर गरेका थिए ।

विहीबार राती नै मेचेको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरिएको थियो । शुक्रबार विहान शव आफन्तले बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here