सवैभन्दा बढी मतदानस्थल मेचीनगरमा, कम कनकाईमा

0
79

झापा | असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा झापामा रहेका ८ वटा नगरपालिकामध्ये सवैभन्दा बढी मतदानस्थल मेचीनगर नगपालिकामा छन् । निर्वाचन कार्यालय झापाका अनुसार सबैभन्दा कम कनकाई नगरपालिकामा छन् । मेचीनगरका १५ वटा वडामा ३५ र कनकाईका ९ वटा वडामा १२ वटा मतदान स्थल रहेको निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । जिल्लामा कुल २ सय ८३ वटा मतदान स्थल छन् ।

मेचीनगरका ३५ वटा मतदानस्थलबाट ३६ हजार ८ सय ५७ पुरुष र ३५ हजार ९ सय ३७ गरी कुल ७२ हजार ७ सय ९४ जना मतदाताले नगरमा मतदान गर्ने छन् । कनकाईमा १२ हजार ४ सय ३४ पुरुष र १३ हजार २ सय ८८ गरी कुल २५ हजार ७ सय २२ जनाले मतदान गर्ने कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिकाकोे वडानम्बर—६ मा रहेको काँकरभिट्टा क्याम्पस मतदानस्थलबाट सवैभन्दा बढी मतदाताले मतदान गर्ने छन् । कार्यालयको तथ्याङ्क अनुसार उक्त मतदान स्थलबाट २ हजार २ सय पुरुष र २ हजार २ सय ८ जना महिलागरी कुल ४ हजार ४ सय ८ जना मतदाताले मतदान गर्ने छन् ।

सवैभन्दा कम वडानम्बर —१३ स्थित शान्ति आधारभूत विद्यालय बमवाढी मतदान स्थलबाट ७ सय ७२ जनाले मतदान गर्ने छन् । उक्त मतदानस्थलमा महिला मतदाताको संख्या ३ सय ८४ र पुरुषको संख्या ३ सय ८८ जना रहेको कार्यालयले जनाएको छ । कनकाईमा सवैभन्दा बढी मतदाता कनकाई मावि सुरुङ्गामा छन् । उक्त मतदानस्थलबाट १ हजार ८ सय १० पुरुष र १ हजार ९सय २८ गरी कुल ३ हजार ७ सय ३८ जना मतदाताले मतदान गर्नेछन् ।

कनकाईको वडानम्बर—१ स्थित कनकाई नगरपालिकाको कार्यालय जमुनवाडीबाट सवैभन्दा कम ९ सय ४५ जना मतदाताले जनप्रतिनिधि चुन्ने छन् । ४ सय ४३ पुरुष र ५ सय २ महिलाले सो मतदानस्थलबाट मत खसाल्ने छन् । ९ वटा वडा र २५ वटा मतदान स्थल रहेको गौरादह नगरपालिकामा ३५ हजार ८ सय ८८ जना मतदाताले मतदान गर्ने छन् । १७ हजार ८ सय २९ पुरुष र १८ हजार ५९ जना महिला मतदाता रहेको गौराहको वडानम्बर—५ मा रहेको जनज्योति आधारभूत विद्यालय तिसियाचौन सवैभन्दा कम मतदाता रहेको मतदानस्थल हो । निर्वाचन अधिकारी आचार्यका अनुसार उक्त मतदान स्थलबाट १ सय ९८ पुरुष र २ सय १४ महिला गरी कुल ४ सय १२ जना मतदाता मतदानमा सहभागी हुने छन् । वडानम्बर १ स्थित जनता मावि गौरादह बजार सवैभन्दा बढी मतदाता भएको मतदानस्थल हो । आचार्यका अनुसार त्यहाँ १ हजार ४ सय ६२ पुरुष र १ हजार ५ सय ६४ महिला गरी कुल३ हजार २६ जना मतदाता रहेका छन् ।

२४ वटा मतदानस्थल कायम भएको भद्रपुर नगरपालिकामा ४२ हजार ५७ मतदाताले मतदान गर्ने छन् । १० वटा वडा रहेको भद्रपुरको सगरमाथा मावि ा मतदानस्थलमा सबैभन्दा बढी मतदाता छन् । वडानम्बर— २ मा पर्ने उक्त मतदान स्थलबाट १ हजार ४ सय ९६ पुरुष र १ हजार ६ सय ७५ महिला गरी कुल ३ हजार १ सय ७१ जना मतदाताले सो मतदान गर्ने छन् ।

भद्रपुरको तुलनामा दमक नगरपालिकामा मतदाता संख्या बढी भएपनि मतदान स्थल भने कम छन् । २२ हजार ५ सय ३४ पुरुष र २३ हजार ९ सय ८८ महिला तथा एकजना तेस्रो लिङ्गी गरी कुल ४६ हजार ५ सय २३ मतदाता रहेको दमकमा १९ वटामात्र मतदानस्थल छन् । जिल्लाभरिकै सवैभन्दा बढी मतदाता भएको मतदान स्थल दमक—५ स्थित दिपिनी मावि सिमलडाडा मतदानस्थलबाट २ हजार ३ सय ३२ पुरुष र २ हजार ५ सय ७४ महिला गरी ४ हजार ९ सय ६ जना मतदाताले भोट खसाल्ने छन् । उक्त नगरपालिका—१० को जनता आधारभूत विद्यालय सानो बाह्घरेबाट सवैभन्दा कम १ हजार जनाले मतदान गर्ने छन् ।

कार्यालयले दिएको जानकारी अनुसार उक्त मतदानस्थलमा ४ सय ९१ जना पुरुष र ५सय ९ जना महिला मतदाताको संख्या रहेको छ । १ नम्बर वडामा रहेको दमक नगरपालिका कार्यालयको मतदान स्थलबाट एकजना तेस्रो लिङ्गी मतदाताले समेत मतदान गर्नेछन् । ११ वडा र २१ वटा मतदानस्थल रहेको अर्जुनधारा नगरपालिकामा कुल ४० हजार ४ सय ३० मतदाता रहेका छन् । उक्त नगरपालिकाको वडानम्बर —५ मा रहेको भानु मावि फुलबारी मतदानस्थलबाट एकजना तेस्रो लिङ्गीले मतदान गर्ने छन् । उक्त मतदानस्थलमा नगरकै सवैभन्दा बढी मतदाता छन् । १ हजार ४ सय १७ पुरुष र१ हजार ४ सय ८१ पुरुषले त्यहााँबट मतदान गर्ने छन् । एकजना तेस्रो लिङ्गी, १९ हजार ८ सय ८९ पुरुष तथा २० हजार ५ सय ४० महिला मतदाता रहेका छन् ।

अजुनधारा—२ मा रहेको नवज्योति आधारभूत विद्यालय गाँजावारी नगरकै सवैभन्दा कम मतदाता भएको मतदानस्थल हो । निर्वाचन अधिकारी आचार्यका अनुसार त्यस मतदानस्थलमा ४ सय ३० पुरुष र ४ सय ३६ महिलागरी कुल ८ सय ६६ मतदाता छन् । १० वटा नगरपालिका भएको विर्तामोड नगरपालिकामा १८ वटा मतदानस्थल छन् । विर्तामोडको कुल मतदाता संखया ४१ हजार २५ जना रहेको छ । सवैभन्दा कम विर्तामोड— ९ मा रहेको देवकोटा निमावि खामतेलवारी र बढी भएको मतदानस्थल विर्तामोड—१ स्थित नेपाल खाद्य संस्थान भवन हो ।

देवकोटा मतदानस्थलबाट ४ सय ४५ पुरुष र ४ सय ४७ महिला गरी ८ सय ९२ तथा खाद्य संस्थान मतदानस्थलबाट १ हजार ५ सय ९३ पुरुष र १ हजार ५ सय ७७ महिलागरी कुल ३ हजार १ सय ७० जनाले मतदान गर्ने छन् । शिवसताक्षी नगरपालिकामा कुल २६ वटा मतदानस्थल छन् । ११ वटा वडा भएको उक्त नगरपालिकाको मतदाता संख्या कुल ४४ हजार ६२ छ । सबैभन्दा बढी मतदाता शिवसताक्षी— ९ स्थित सतासीधाम आधारभूत विद्यालय दुधे मतदानस्थलमा छन् । निर्वाचन कार्यालय झापाका अनुसार १ हजार ८ सय ५६ पुरुष र २ हजार १६ जना महिलागरी कुल ३ हजार ८ सय ७२ मतदाता छन् ।

शिवसताक्षी—६ मा रहेको सरस्वती आधारभूत विद्यालय हल्दिवारी मतदानस्थलबाट एकजना तेस्रो लिङ्गीले मतदान गर्ने छन् । उक्त नगरपालिकामा सवैभन्दा कम मतदाता वडानम्बर ५ मा रहेको सुर्याेदय आधारभूत विद्यालय सालमारा मतदानस्थलमा छन् । ३ सय ४४ पुरुष तथा ३ सय २९ महिलासहित कुल ६ सय ७३ जना मतदाता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here