आयोगको निर्णय विरुद्घ प्रदर्शन

0
57

बाहुनडाँगी | भरतपुर नगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्घ आइतबार मेचीनगरमा प्रदर्शन भएको छ । एमाले निकट युवा संघ नेपाल मेचीनगर कमिटीको अगुवाईमा मेचीनगर—२ स्थित भृकुटी बजारमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।

करिब तीनसयको हाराहारीमा मसालसहित निस्केको जुलुसले भृकुटी बजारको परिक्रमा पश्चात आयोजित कोणसभालाई एमाले प्रदेश नम्बर १ का सदस्य विष्णु प्रसाई, एमाले झापा जिल्ला सचिवालय सदस्य गोपाल बुडाथोकीलगायतले सम्बोधन गरेका थिए । उनीहरुले सरकारले षडयन्त्र गरेर जवरजस्ती निर्वाचन गर्न लागेकाले त्यसलाई तत्काल रोकेर मतगणना जारी गर्न आग्रह गरेका थिए । वक्ताहरुले भरतपुरको विवादित वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयले कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताएका थिए ।

निर्वाचन आयोगले नियोजित रुपमा मतगणना रोकेर अहिले पुनःमतदान गर्न गरेको निर्णय एमालेलाई कुनै हालतमा स्वीकार नहुने बताए । यसका लागि आफुहरु जस्तोसुकै विरोधमा उत्रिन समेत तयार रहेको एमाले नेताहरुको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here