काँग्रेसले मेचीनगरका वडा स्तरका उम्मेद्वार छान्न जिल्ला पठायो

0
38

मेचीनगर | नेपाली काँग्रेसले मेचीनगरका वडा स्तरका उम्मेद्वार छनौटका लागि आकाक्षीका नाम जिल्ला समितिमा पठाउने निर्णय गरेको छ । केन्द्रीय सदस्यको उपस्थितिमा आज बसेको क्षेत्रिय समितिको बैठकले मेचीनगरका सबै १५ वटै वडाका उम्मेद्वार चयनको जिम्मा जिल्ला समितिलाई लगाउने निर्णय गरेको जिल्ला सदस्य तथा काँग्रेस मेचीनगर प्रचार समितिका सचिवालय संयोजक पुष्पराज पौड्ेलले जानकारी दिनु भयो ।

काँग्रेसले आजको बैठकबाट क्षेत्रिय पदाधिकारीहरु उम्मेद्वार बन्ने प्रस्ताव परिमार्जन गर्ने गरी बैशाख १२ गते भएको निर्णयलाई आधार मानेर वडास्तरका उम्मेद्वार छनौटका लागि अन्तिम निर्णय गर्न जिल्ला समितिमा पठाउने निर्णय गरेको छ । त्यस्तै जेठ २८ गते भित्र वडा स्तरका उम्मेद्वार टुङ्गो लगाउने गरी जिल्ला समितिमा पहल गर्ने समेत निर्णय गरेको काग्रेस क्षेत्रिय सभापति मणिकुमार उप्रेतीले रेडियो सरगमलाई जानकारी दिनु भयो । आजै कै बैठकले बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४ र ५ को उम्मेद्वारका बारेमा निर्णय गर्न पनि जिल्ला समितिलाई नै अधिकार दिने निर्णय भएको क्षेत्रिय सभापति उप्रेतीले बताउनु भयो ।

यस अघि नेपाली काँग्रेसले बैशाख ९ गते मेचीनगरका सबै १५ वटा वडाका अध्यक्ष र सदस्यका उम्मेद्वारको निर्णय क्षेत्रिय समितिले नै गरेको थियो । तर उम्मेद्वारी चयन प्रक्रियालाई लिएर ब्यापक गुनासो आए पछि वडा तहका सबै उम्मेदा्वारको निर्णय क्षेत्रिय समितिले फिर्ता लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here