सरकारले प्रतिबन्ध लगाएपनि जान छाडेनन् भारतभूमि हुदै तेस्रो मुलुक

0
57

झापा । सरकारले भारतको बाटो हुदै बैदेशिक रोजगारीका लागि नेपाली महिला कामदारलाई खाडीमुलुक जान प्रतिबन्ध लगाए पनि जने क्रम भने रोकिएको छैन । भारतको सीमावर्ती काँकरभिट्टा नाका हुदै त्यसतर्फ हिडेका मासीक संयौ नेपाली महिला कामदारलाई रोकेर आफ्न्तको जिम्मा लगाउने गरिएकोे माइती नेपाल पुर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरेले बताए । नाकामा माइती नेपालसहित साना हात नेपाल, विश्व विस्तार सेवालगायतका धेरै गैरसंस्था भारतछिर्ने नाकामा यस्ता महिलालाई रोक्न विहानदेखि बेलुकासम्मै तैनाथ हुन्छन् ।

माइती नेपालले सन् २०१७ को जनवरीदेखि मे महिनासम्म काँकरभिट्टा नाका भएर भारतीय बाटौ हुँदै विदेश हिडेका एकसय १८ जनालाई रोकेर आफ्न्तको जिम्मा लगाएको जनाएको छ । सो अवधिमा भारतका विभिन्न ठाउँमा बेचिएका १३ जनाको उद्दार गरिएको थियो । क्षेत्रीय संयोजक घिमिरे भन्छन्—‘ नाकामा चेलीबेटी तथा मानव ओसारपसार विरुद्घ काम गर्ने उद्देश्यले खोलिएका धेरै संघ संस्था छन् , तर, पनि सरकारले भारतको बाटो हुदैं वैदेशिक रोजागरीका लागि नेपाली महिला कामदारलाई विदेश जान प्रतिवन्ध लगाएपनि रेकिएको छैन् । ’

घरेलु कामदारका रुपमा रोजगारी र राम्रो कमाई हुने ठाउँमा पुर¥याईदिने भन्दै विभिन्न प्रलोभनमा पारी एजेण्टहरुले नेपाली महिलाहरुलाई भारतको बाटो हुदै लिएर जाने र भारतका बिभिन्न स्थानमा खुल्लाम खुल्ला सञ्चालनमा रहेका बेश्यालयमा बेच्ने गरेकाले नेपाली महिला बेचिनेक्रम बढे पछि महिलाहरुलाई भारतीयभूमि प्रयोग गरेर त्यसतर्फ जान कानुनले बन्देज गरेको उनको भनाई छ ।

अज्ञानता, गरीवी, बढ्दो बेरोजगार अशिक्षालगायतका धेरै कारणले नेपाली महिलाहरु यसनाका भएर खाडीमुलुक जान बाँध्य भएको घिमिरे बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here