कमल गाउँपालिका आब खुल्ला दिशामुक्त क्षेत्र

0
76

तत्कालिन लखनपुर गाविस हाल कमल गाउँपालिका वडा नम्बर ५,६ र ७ ले आज एक कार्यक्रमको आयोजना गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ ।

खुल्ला रुपमा दिशा गरेमा विभिन्न रोग लाग्ने भएकोले यस्ता रोग बाट बचाउनका लागी यस क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीएको हो ।

४ हजार ८ सय घरघुरी रहेको यस क्षेत्रमा ७ सय घरघुरी शौचालय विहीन थिए त्यसैले सो क्षेत्र लाई पाँच वर्ष अगाडी देखी खुल्ला दिशामुक्त क्षेत्र बनाउन अभियान सुरुगरेको भएपनि विभिन्न संघ सस्था तथा स्थनिय राजनिती दलको सहयोगमा आज मात्र घोषणा गर्न सफल भएको हो गाउँपालिकाले जनाएको छ ।

कमल गाउँपालिका का कार्यकारी अधिकृत राज कुमार शाक्य को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रि , विषेश अतिथी खानेपनि तथा सरसफाई डिभिजन कार्यलय झापा का प्रमुख सिताराम काफ्ले अतिथी कमल गाउँ पालिका का निर्वाचन अधिकृत तथा काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद दुईटेल लगायत ले लखनपुर क्षेत्र लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग पुर्याएकोमा गाउँपालिका , स्थानिय सघ सस्था , राजनिती दलका प्रतिनिधी लगायत लाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्न सहयोग पुर्याउने गाउँपालिका , स्थानिय सघ सस्था वडा नागरीक मन्च, स्वयम सेवक, जनप्रतिनिधी,लक्षित वर्ग का संघ सस्था लाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रि ले प्रशंसा पत्र द्वारा सम्मान गर्नु भएको थियो ।लखनपुर वाल सन्जालका सदस्य पवन गौतमले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागी लाई अध्यक्ष यतिस ओझाले स्वगत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here