माले र राप्रपाले उम्मेद्वारी घोषणा गर्दै

0
57

काँकरभिट्टा | नेकपा मालेका महासचिव सीपी मैनाली आज झापाको काँकरभिट्टा आइपुग्नुभएको छ ।
काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा नेकपा माले मेचीनगर कमिटिद्धारा अहिले भर्खरै सुरु भएको चुनावी कार्यक्रममा सहभागी हुन नेता मैनाली काँकरभिट्टा आउनुभएको हो ।

महासचिव मैनालीसंगै पोलिट ब्यूरो सदस्य खगेन्द्र प्रसाईं, केन्द्रीय सदस्य प्रेम दाहाल, प्रगतिशिल विद्यार्थी संगठनका वैकल्पिक केन्द्रय सदस्य विनोद आचार्यलगायतले चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

सो पार्टीका जिल्ला कमिटि सदस्य एवँ १ नम्बर क्षेत्रीय इञ्चार्ज बद्रीप्रकाश उप्रेतीका अनुसार सोही कार्यक्रममा स्थानीय तह निर्वाचनका लागि नेकपा मालेले मेचीनगर नगरपालिकाको उम्मेदवार घोषणा गर्नेछ ।

कार्यक्रममा पार्टी प्रवेशसंगै चुनावी घोषणा पत्र समेत सार्वजनिक गरिने बताइएको छ ।

यसैबीच, राप्रपा मेचीनगरले पनि अहिले केहीबेरमै काँकरभिट्टामा स्थानीय तह चुनावका लागि मेचीनगर नगरपालिकाका उम्मेदवार घोषणा र पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने पार्टीका नगर अध्यक्ष सुशील आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here