मेचीनगर आफ्नो पकडमा पार्न नगरका राजनीति दल केन्द्रीत

0
65

मेचीनगर | झापाका ८ वटा नगरपालिकामध्ये जनसंख्या, मतदाता संख्या, मतदानस्थल क्षेत्रफलका हिसावले सवै भन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा यतिखेर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय निर्वाचन बिर्सिसकेका मतदाता २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा भाग लिन पाउने भएपछि दंग छन् । नगरमा राजनीतिक दलहरूले पनि यही मौकामा आफ्नो स्थानीय तहमा आफ्नो पकडलाई सकेसम्म राम्रो बनाउन खोजिरहेका छन् ।

स्थानीय तह पुनःसंरचनाका क्रममा थप चारवटा ज्यमिरगढी, धाइजन, दुहागढी र बाहुनडाँगी गाविस गाभिएर बनेको मेचीनगरमा जम्मा १५ वटा वडा छन् । यी गाविस गाभिएकै कारण पनि नगरका विभिन्न राजनीति दलका नेतालाई पहिलाको जस्तो सहज छैन् ।

जिल्ला समन्वय समिति झापाका अनुसार मेचीनगरको जनसंख्या १ लाख ११ हजार ७ सय ९७ छ । १ सय ९२ दशमलव ८५ वर्ग किलोमिटर क्षेत्रफल रहेको मेचीनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि १५ वटा वडा छन् । ८ नगरपालिका र ७ वटा गाउँपालिका गरी कुल १५ वटा स्थानीय तह रहेको जिल्लामा सवैभन्दा बढी मतदानस्थलपनि मेचीनगरमा ३५ वटा छन् ।

झापामा ५ लाख १० हजार २ सय १६ जना मतदाता छन् । झापा तेस्रो बढी मतदाता भएको जिल्ला हो । त्यसमा पनि मेचीनगर नगरपालिकामा अन्य नगरपालिकाको तुलनामा सवैभन्दा बढी मतदाता रहेका छन् । यो नगरमा ३६ हजार ८ सय ५७ पुरुष र ३५ हजार ९ सय ३७ गरी कुल ७२ हजार ७ सय ९४ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

२०४६ सालमा पञ्चायती व्यवस्थाको विरुद्घ थालिएको आन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थालाई ढाल्यो । प्राप्त बहुदलीय व्यवस्थाको पछि २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काँकरभिट्टा गाविस अध्यक्षमा एमालेकातर्फबाट डिल्लीराम घिमिरे विजयी भए । उनले नेपाली काँग्रेसकातर्फबाट अध्यक्षका प्रत्याशी भवानी केरुङलाई ६ सय ७४ मतले पराजित गरेका थिए । उता धुलावारी नेपाली काँग्रेसको भागमा पर्यो । रामबहादुर कट्टेलले एमालेका अनिल भेट्वाललाई पराजित गरे ।

त्यसपछि २०५३ साल चैतमा धुलावारी र काँकरभिट्टा गाविस गाभेर मेचीनगर नगरपालिका घोषणा भएको थियो । नगरपालिका घोषणा भए लगत्तै २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट नगरप्रमुखका उम्मेद्वार बनेका रविन कोइरालाले चुनाव जिते र नगरपालिकाको संस्थापक नगरप्रमुख बन्ने अवसर प्राप्त गरे । उनले नेपाली काँग्रेसका रामबहादुर कट्टेललेलाई पराजित गरे । नगर उपप्रमुखमा समेत एमालेकै चन्द्र भण्डारी विजयी बने । सवै कुराले सुविधा सम्पन्न यो नगरको नेतृत्व हुत्तयाउन अहिले विभिन्न राजनीतिक दलले पार्टीकातर्फबाट उम्मेद्वार घोषणा गरी घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् । विभिन्न चोक चोक र गल्ली समेत उम्मेद्वारका फोटा र चुनाव चिन्हसहितका ठुल्ठुला पोस्टरले नवदुलही झै सिगारिएका छन् ।

सवै दलका उम्मेद्वार मतदाताहरुलाई आफ्नो पक्षमा पार्न र प्रतिस्पर्धीसँग बाजी मार्न सारा बुद्घि, विवेक, तन, मन, धन लगाएर लागेका छन् । प्रत्येक मतदातासँग आफ्ना प्रतिवद्घता समेत व्यक्त गदैं उम्मेद्वार आफ्ना घर घरमा आएको देखेर मतदाता समेत मख्ख छन् । मत माग्दै घरदैलोमा आइपुगेका उम्मेद्वारसँग स्थानीयले आफ्ना समस्या खुलेरै राख्ने गरेका छन् । उम्मेद्वारले पनि आफ्नो जीत भए लगत्तै माग पुरा गरिदिने भन्दैं पुरानै परम्परालाई दोहोर्याउने गरेका छन् ।

असार १४ मा हुन गईरहेको निर्वाचनमा यस नगरबाट कुल ७७ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । सरकारको नेतृत्व गरीरहेको नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार पार्टी माओवादी केन्द्रलगायत अन्य साना दलले समेत नगरमा नगर प्रमुख तथा उपप्रमुखसहितसवै वडामा उम्मेद्वार घोषणा गरीसकेर नगरका विभिन्न वडामा घरदैलो अभियान शुरु गरीरहेका छन् ।

नगरका सवै उम्मेद्वारको एजेण्डा प्राय एउटै छ ।’ ग्रामीण सडकको स्तोरन्नती, प्रत्येक वडामा सामुदायिक भवन, बाटाघाटा, शुद्घ पिउने पानी, विद्युत विस्तार, सञ्चार सेवालगायत पुरा गर्ने । झण्डै दुइदशक अघिदेखिको जंगली हात्तीको पीडा दीर्घकालिनरुपमा समाधान गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा छ । मेचीनगर नगरपालिकाको नगरप्रमुख पदमा उम्मेद्वारका रुपमा पार्टीले घोषणा गरेको विमल आचार्य चुनावमा आफुले हारे पनि जिते पनि यी सवै समस्या हलगर्ने बताउँछन् ।

गाउँठाउँमा विजुली, पानी, टेलिफोन, बाटो, कल्भर्टलगायतयो नगरलाई समृद्घशाली बनाउँने मुख्य एजेण्डा बोकेर एमालेकातर्फबाट नगर प्रमुखका उम्मेद्वार बनेका विष्णु प्रसाई बताउँछन् । नगरका शोषित पीडित जनताका पक्षमा आफु बोल्ने, मेचीनगरलाई हराभरा बनाएर युवा, महिलासवैलाई रोजगारको अवसर समेत दिलाउने उनको भनाई छ । एमाले राष्ट्रियताको पक्षमा रहेकाले जहिले पनि यो देश र जनताका पक्षमा काम गर्ने उनको भनाई छ । साथै दुईदशकअघिदेखिको जंगली हात्तीको समस्या दीर्घकालिनरुपमा समाधान गर्न नेपाल सरकारसँग छलफल गरेर नगरपालिकाले मेची किनारमा हात्ती प्रवेश गर्न नसक्ने ठुल्ठुला बाँध बाँध्ने उनको भनाई छ ।

माओवोदी केन्द्रका नगरप्रमुख पदका उम्मेद्वार हंशलाल राजवंशी माओवादी केन्द्रले नगरपालिकाको नेतृत्व लियो भने सवैभन्दा पहिला निम्न स्तरका जातजातिहरुको जीवनस्तर सुधार्ने र हात्ती नियन्त्रणका लागि विभिन्न मुलुकमा अप्नाइएका उपायहरुको विशेषज्ञ टोलीसहित स्थलगत अध्यन अवलोकन गर्ने र त्यसको समाधानमालाग्ने बताउाछन् ।

मेचीनगरमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्य दलको तुलनामा आफुलाई निक्कै शक्तिशाली मान्ने गरेका छन् । तर, माओवादीको तुलनामा काँग्रेस एमालेको अवस्था राम्रो भएको विश्लेषण गरिएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा मेचीनगर झापाको १ नम्बर क्षेत्रमा पर्दछ । १ नम्बर क्षेत्रमा एमालेले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here