१० दिने तालिम सम्पन्न

0
56

काकरभिट्टा | माइती नेपाल काकरभिट्टाले बेचविखनमा परेका, पर्नवाट बचाएका तथा समदायवाट उच्च जोखिममा रहेका महिलाहरुलाई लक्षित गरी आफै आत्मनिर्भर हुन सकुन भन्ने उद्देश्यले यूनिसेफको आर्थिक सहयोगमा जेष्ठ २२ गते शुरु भई देखि जेष्ठ ३१ सम्म १० दिवसीय शिप तथा आयमुलक तालिम (डल, कुसन) ३२ जनाको सहभागीतामा सम्पन्न भयो ।

सो कार्यक्रममा माइती नेपालका क्षेत्रिय कार्यक्रम अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा र इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक श्री दुर्गाराज रेग्मीको प्रमुख आथित्यमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

तालिमको सहजीकरण प्रशिक्षक मन्दिरा राउतले गर्नु भएको थियो भने कार्यक्रम संचालन सारथी राजवंशीले गर्नु भएको कार्यक्रममा स्वागत गंगा मगरले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here