झापामा १८ उम्मेद्वारले लिए फिर्ता एकजनाको रद्द

0
50

झापा | दोस्रो चरणको निर्वाचनबाट निर्वाचित हुने ६ सय २३ जना प्रतिनिधिका लागि झापामा ३ हजार ३ सय ६६ जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये १८ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् भने एकजनाको उम्मेद्वारी रद्द भएको छ । बाह्दशी गाउँपालिकामा राप्रपाबाट दलित सदस्यमा मनोनयन दर्ता गराएकी रिना दर्जीको उम्मेद्वारी निर्वाचन कार्यालयले रद्द गरेको हो । उमेर नपुगेको भन्दैं उनको उम्मेद्वारी रद्द भएको निर्वाचन अधिकृत बाबुराम राईले बताए ।

झापा गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रबहादुर कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका कार्कीले मंगलबार आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत रोशनशंकर घिमिरेले बताए । कमल गाउँपालिका अध्यक्षका लागि स्वतन्त्र उम्म्ेद्वारी दिएका महेन्द्रराज पौडेलले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

बाह्दशी गाउँपालिकामा राप्रपाबाट दलित सदस्यमा मनोनयन दर्ता गराएकी रिना दर्जीको उम्मेद्वारी निर्वाचन कार्यालयले रद्द गरेको छ । उमेर नपुगेको भन्दैं उनको उम्मेद्वारी रद्द भएको निर्वाचन अधिकृत बाबुराम राईले बताए । उनका अनुसार आइतबार गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता गराएकी मुना तिवारीले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छन् । बुद्घ—शान्ति गाउँपालिकाबाट राप्रपाकातर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वारी दिएका डिल्लीप्रसाद गौतमसहित ५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । कचनकवल, गौरीगञ्ज, हल्दीवारी गाउँपालिकाबाट कसैले आफ्नो उम्मेद्वारी फिर्ता नलिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेचीनगर नगरपालिकामा वडानम्बर ३ का वडा सदस्य पदका धनबहादुर राना मगरले उम्मेद्वार फिर्ता लिएको निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन् । अब ७७ पदका लागि अब ३ सय ७७ जनाले चुनावी प्रतिस्पर्धा गर्ने छन् । विर्तामोड नगरपालिकामा आइतबार मनोनयन दर्ता गराएका २ सय ५३ जना उम्मेद्वारहरु कसैले पनि फिर्ता लिएनन् । अर्जुनधारा नगरपालिकामा विभिन्न पदमा कुल २ सय ८७ जनाले उम्मेद्वारी दर्ता गराएका भएपनि मंगलबार वडानम्बर ३ मा वडाअध्यक्षका लागि स्वतन्त्र उम्मेद्वारी दिएका बुद्घविर विकले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताए । उनका अनुसार ५७ पदका लागि २ सय ८६ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी, भद्रपुर नगरपालिकामा ४ जनाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताए । उनका अनुसार वडा नम्बर ४ बाट एक , ७ बाट दुई र १० नम्बर वडाबाट एक गरी चारजना वडा सदस्यले उम्मेद्वारी फिर्ता लिएका हुन् । वडानम्बर ४ र ७ बाट फिर्ता लिने संघीय समाजवादी फोरम नेपालका र १० बाट फिर्ता लिने स्वतन्त्र उम्मेद्वार हुन् । कनकाई नगरपालिकामा वडानम्बर ३ बाट नेकपा मालेका तर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका डिल्लीराम उप्रेतीले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले बताए ।

दमक नगरपालिकाबाट पनि कसैले उम्मेद्वारी फिर्ता नलिएको निर्वाचन अधिकृत वेदराज फूयाँलले बताए । शिवसताक्षी नगरपालिकाबाट स्वतन्त्र रुपमा नगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गरेका रविन खनाल र धनबहादुर थेवेले समेत आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । गौरादह नगरपालिकामा राप्रपाका तर्फबाट २ नम्बर वडा अध्यक्ष र सदस्यमा मनोनयन गराएका दुइजनाले बाहेक बाकी सवैले आफ्नो उम्मेद्वारी यथावत कायम गरेका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here