पहिलो खेल समय अभावमा स्थगित तथा दोस्रो खेलमा सुरुङ्गा भेट्रान फुटबल क्लव विजयी

0
132

काँकरभिट्टा | काँकरभिट्टा माविको खेल मैदानमा जारी नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत बुधबार भएको पहिलो खेल समय अभावका कारण स्थगित भएको छ भने दोस्रो खेलमा सुरुङ्गा भेट्रान फुटबल क्लव विजयी भएको छ
काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा जारी प्रतियोगिता अन्र्तगत चौथो दिनको पहिलो खेल आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लव र कालेम्पोङ्ग युनाइटेड भेट्रान फुटबल क्लवबीच हुने भनिएकोमा समय अभावले स्थगित भएको हो ।
पहिलो खेलको निर्धारित समयावधि १–१ गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा १४–१४ गोलको बराबरी भएपछि समय अभावका कारण सो खेल अन्य दिन खेलाइने सहमतिमा स्थगित गरिएको रेफ्रि लक्ष्मण जैसवालले बताए ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा सुरुङ्गाले टाइब्रेकरमा धरान मजदूर भेट्रान फुटबल क्लवलाई ४–५ ले पराजित गरेको छ ।
पहिलो हाफको खेल बराबरी भएपछि दोस्रो हाफको १२ औं मिनेटमा सुरुङ्गाका इन्द्र राईले १ गोल गर्दै अग्रता लिएका थिए । खेलको २० औं मिनेटमा धरानका अर्जुनबहादुर राईले १ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
खेलको म्यान अफ दी म्याच सुरुङ्गाका गोल रक्षक दिपेन्द्र विमली घोषित भएका थिए । उनलाई पुरस्कार स्वरुप नगद २१ सय रुपैयाँ प्रदान गरिएको थियो ।
बिहीबारको पहिलो खेल विर्तामोड भेट्रान फुटबल क्लव र राइनो डुवर्स भेट्रान फुटबल क्लव तथा दोस्रो खेल पूर्वाञ्चल भेट्रान फुटबल क्लव र धाइजन–चारआली भेट्रान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार तथा उप विजेता टिमले ५१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here