गाउँमा हात्ती पसेपत्रि स्थानीय त्रसित

0
60

ज्यामिरगढी । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।

मेचीनगर–१० मा रहेको सौरभ चिया बगानमा गएरातिदेखि पाँँचवटा छावासहित १८ वटा हात्ती रहेका छन् । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो ।

विहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाअध्यक्ष गुणराज भट्टराई, र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ ।

अहिले इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरीसहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए ।

छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए ।

हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दुरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here