अध्यागमन कार्यालय काँकरभिट्टाको राजस्व संलकनमा गिरावट, पहिलो ६ महिनामा ८ हजार बढी पर्यटक भित्रिए

0
28

मेचीनगर | नेपाल घुम्न आउने पर्यटकको बसाई कम हुन थालेपछि त्यसको असर अध्यागमन कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको छ । कार्यालयले १५ दिन, ३० दिन र ९० दिनका लागि भिसा जारी गर्ने गरेको छ । नेपाल घुम्न आउने अधिकाश पर्यटकले पछिल्लो समय १५ दिनको भिसा मात्र लिने गरेका छन् । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा वितेको आर्थिक वर्ष २०७४/०७५ मा अध्यागमन कार्यालय काँकरभिट्टाको राजस्व संकलनमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा कार्यालयले नेपाल घुम्न आउने बिदेशीलाई आगमन अनुमती पत्र (भिसा) जारी गरे वापत ९० लाख ५९ हजार १ सय १७ रुपैया राजस्व संकलन गरेको कार्यालय प्रमुख पवनकुमार गुप्ताले बताए । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ८ लाख ३१ हजार ९ सय २२ रुपैयाँले कमि हो । त्यो वर्ष कार्यालयले ९८ लाख ९१ हजार ३९ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार अध्यगमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए २५ डलर ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एकसय डलर लिने गरेको जनाएको छ । ९० दिनका लागि भिसा लिने पर्यटकको संख्यामा कमि भएपछि राजस्व असुली प्रभावित बनेको कार्यालय प्रमुख गुप्ताले बताए ।

पहिलो ६ महिनामा ५ हजार बढी पर्यटक भित्रिए

सन् २०१८ को पहिलो ६ महिनामा काँकरभिट्टा नाका भएर ५ हजार ८ सय ७६ पर्यटक नेपाल प्रवेश गरेका छन् । सवै भन्दा बढी जुन महिनामा ३ सय ४३ महिलासहित १ हजार २ सय ११ र कम फेव्रुवरीमा ६ सय ८१ जना विभिन्न देशका पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क अध्यागमन कार्यालय काँकरभिट्टासँग सुरक्षित छ ।

जनवरीमा १ हजार ८४, मार्चमा ९ सय ७३, अप्रिलमा ९ सय ३९ मे महिनामा ३ सय १ महिलासहित ९ सय ८८ जना पर्यटक नेपाल आएका छन् । यसैगरी यो नाका भएर यो अवधिमा ५ हजार १ सय ७३ जना पर्यटक बाहिररिएका छन् । जनवरीमा ८ सय ८३, फव्रुवरीमा ६ सय ३४, मार्चमा ८ सय १०, अप्रिलमा ८ सय ९१ , मे मा २ सय ४ महिलासहित ६ सय ६ट र जुनमा ३ सय ५४ महिलासहित १ हजार २ सय ८७ जना पर्यटक बाहिरएको कार्यालय प्रमुख गुप्ताले बताए ।

‘पर्यटकको संख्यामा कमि आएको छैन्’ कार्यालय प्रमुख गुप्ताले भने—‘ तर, ९० दिनको भिसा लिनेको संख्या चाँहि कमि भयो, अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा वितेको आर्थिक वर्ष २०७४/०७५ मा ९० दिनको भिसा लिने पर्यटकको संख्या निक्कै कमि छ, यसले पनि राजस्व असुलीमा गिरावट आएको हो । ’ थोरै समय नेपालमै विताउने भएपनि विदेशीले काठमाडाँै, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाली ट्राभल व्यवसायीको भनाइ छ । डेनमार्क, चीन, फ्रान्स,युके, दक्षिण कोरिया, भारत, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्टे«लिया, जापान, नेदरल्याण्ड, श्रीलंका, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, वेल्जियमलगायतका मुलकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् ।

कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्लेस्टाइन, स्वीजेरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here