एघार महिनामा ५८ करोड रुपैयँँभन्दा बढीको विद्युत विक्री, ९८ दशमलव १५ प्रतिशत रकम संकलन

0
68

झापा | झापा नेपाल विद्युत प्राधिकरण भद्रपुर बितरण केन्द्रले आर्थिक वर्ष २०७४/०७५ मा ५८ करोड ८३ लाख २० हजार ९ सय ३१ रुपैयाँ बराबरको विद्युत विक्री गरेको छ । विद्युत महसुल वापत प्राधिकरणले ९८ दशमलव १५ प्रतिशत वा ५७ करोड ७४ लाख १३ हजार २ सय ८५ रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख राम उदगार साहाले बताए ।

‘यसैलाई निक्कै उपलब्धिमुलक कार्य मान्नु पर्छ’ प्रमुख साहाले भने—‘६० दिनसम्म महसुल वापत नबुझाए विद्युतको लाइन काट्न सकिन्दैन यसमा ३० दिनको वक्यौता छ, यसले गर्दा पनि यो संकलन राम्रो हो ।’ प्रमुख साहाले आफुले प्रधिरणको नेतृत्व सम्हालेपछि यो केन्द्रमा निक्कै उपलब्धिमुलक काम गरेको दावी समेत गरे । कार्यालयले वितेको आर्थिक वर्ष २०७३/०७४ मा ९७ दशमलव ०२ प्रतिशत रकम मात्र संकलन गरेको थियो । जुन रकम चालु आर्थिवर्षको जेठ मसान्तसम्म १ दशमलव १३ प्रतिशत कमि हो ।

लामो समयदेखि विद्युत विस्तार नभएको ठाउँमा विद्युत पुर्याउनु, आफ्नो केन्द्रमा विद्युतका ग्राहकको संख्या वृद्धि गर्नु, विद्युत चुहावट क्रमस नियन्त्रण हुनुलगायतका कामले गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा प्राधिकरणले सोचे अनुरुपको निक्कै प्रगति भएको पुष्टि हुने कार्यालय प्रमुख साहाको भनाई छ ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७४/०७५को जेठ मसान्तसम्ममा आफ्नो मातहतका क्षेत्रमा ५ हजार ४ सय ४९ जना नयाँ विद्युतका ग्राहक थपिएका छन् ।

यो सँगै भद्रपुर वितरण केन्द्रमा विद्युत उपभोक्ताको संख्या ५३ हजार ६ सय ४९ पुगेको छ । वितेको आर्थिक वर्ष २०७३/०७४ मा ४७ हजार ७ सय मात्र विद्युत उपभोक्ता थिए । यतिका घरमा विद्युत जडान हुनुलाई सकरात्मकरुपमा लिइएको उनको भनाई छ ।

प्राधिरणले नयाँ विद्युत जडान गर्दा सेवा शुल्क र मिटरको मुल्यसहित १ हजार ७ सय ५६ रुपैयाँ लिने गरेको छ । यस गर्दा राज्यलाई लाखौँ रुपैयाँ आम्दानी भएको छ । असार मसान्तसम्ममा ६ हजार २ सय नयाँ ग्राहक पुर्याउने लक्ष्य प्राधिकरणको छ ।

यसैवर्ष लामो समयदेखि विद्युत विस्तार हुन नसकेको झापाका दक्षिणी दुईवटा ठाउँमा विद्युत विस्तार भएको छ । भद्रपुर नगरपालिकाको—३ नम्बर वडामा पर्ने मेचीपारीको वस्ती र कचनकवलको पिण्डलावारीमा विद्युत विस्तार गर्न प्राधिकरण सफल भएको हो । विद्युत विस्तारसँगै लामो समयदेखि टुकी र लालटिनका भरमा बस्न बाँध्य र विद्युत सेवाबाट बञ्चित यहाँका वासीन्दाले विद्युत उपभोग गर्न पाएका छन् । मेची पारीको वस्तीमा २५÷२५ केभिएका दुईवटा र पिण्डलावारीमा २५ केभिएको ट्रान्सफर्मा जडान गरिएको साहाले बताए ।

प्राधिकरणमा देखिएको विकृति सुधार्न आफु सक्रियपुर्वक लागेको बताउँदै साहाले समयमा विद्युत महसुल नतिर्ने एकहजार ६९ जनाको लाइन काटेको र उनीहरुबाट राज्यले १ करोड ७२ लाख ५६ हजार २ सय ९४ रुपैयाँ विद्युत महसुल वापतको रकम असुल गर्न बाकी रहेको बताए । सेवाकेन्द्रले त्यस्ता उपभोक्ताको लाइन धमाधम काट्न थालेपछि अहिले ८ सय ७६ जनाले वक्यौता रकम बुझाएर लाइन जडान गरेका छन् । लाइन जडानबाट १ करोड ५६ लाख २७ हजार ६ सय ६१ रुपैयाँ संकलन भएको छ । यसलाई सकरात्मक मान्न सकिने उनी बताउछन् । साथै मिटरबाट चुहावट गरेको बाट केन्द्रले ५१ हजार ९ सय ८२ रुपैयाँ संकलन गरेको छ ।

गैरकानुनीरुपमा विद्युत उपभोग गर्नेलाई धमधम पक्राउ गरी कारवाही अघि बढाएपछि विद्युत चुहावट पूर्णरुपमा नियन्त्रणमा आएको उनले बताए । गतवर्षको तुलनामा चालु आर्थिक वर्ष २०७४/०७५ मा चुहावट १४ प्रतिशत ४१ मा झार्न सफल भएको उनी बताउँछन् । गतवर्षको चुहावट १६ दशमलव ४१ प्रतिशत थियो । अनाधिकृतरुपमा हुकिङ्ग गरि विद्युत चोरेको भन्दै कारवाही स्वरुप दण्ड जरिवाना समेत गराउन थालेपछि चुहावट कम भएको प्राधिकरण साहाले बताए । चालु आर्थिक वर्ष २०७४/०७५ मा ३ सय ९८ घरमा अनुगमन गर्दा ४ वटा घर कारवाहीमा परेको प्रमुख साहाको भनाई छ ।

‘प्राधिकरणले भद्रपुर वितरण केन्द्रलाई एकवर्षअघिनै हुकिङ्ग मुक्तक्षेत्र घोषणा गरेको भएपनि हुकिङ्ग गरी गैरकानुनीरुपमा विद्युत उपभोग गर्ने कार्य अझै रोकिएको थिएन्’ साहाले भने —‘प्राधिकरणको सक्रियताका कारण अहिले चुहावट सर्लक घटेको छ ।’ प्राधिकरणले विद्युत चुहावट नियन्त्रणका लागि निरन्तर अनुगमन गरेको,प्राविधिकरुपमा विग्रिएका मिटर संकलन गरी निःशुल्करुपमा विद्युत उपभोक्तालाई नयाँ मिटर उपलब्ध गराएको साहाको भनाई छ । सीमित स्रोत र साधनका बावजुद पनि गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा सोचे अनरुपको उपलब्धि हात परेको प्राधिरणले जनाएकोछ ।

झापामा भद्रपुरका साथै अनारमनी र दमक विद्युत प्राधिकरण वितरण केन्द्र रहेका छन् । भद्रपुरको जिम्मामा भद्रपुर र मेचीनगर नगरपालिकाका सवै वडा, कचनकवल, हल्दीवारी, बुद्धशान्ति गाउँपालिकाका सवै वडा, तथा विर्तामोड नगरपािलकाको ८ नम्बर वडा पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here