धुलावारीमा भूतेश्वर महादेवको प्राण प्रतिष्ठा

0
60

मेचीनगर | साउने सोमाबारलाई लक्षित गर्दै मेचीनगर—१० धुलावारीस्थित रामघाट दिव्यधामले भूतेश्वर महादेवको प्राण प्रतिष्ठा शनिाबर गरेको छ । धामका अध्यक्ष ललितकुमार वोहोराका अनुसार करीव ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो प्राण प्रतिष्ठामा पूजा आजासहित विविध कार्यक्रम गरिएको थियो । उक्त रकम स्थानीय उद्योगी व्यवसायीहरुले स्वतःस्फूतरुपमा सहयोग गरेका हुन् । अब हरेक सोमबार त्यहा जल चढाउने काम हुने छ । भूतेश्वर महादेवको प्राण प्रतिष्ठा गरी साउन महिनाको ७ गते पहिलो सोमबारदेखि भूतेश्वर महादेवमा जल चढाउन सर्वसाधारणका लागि खुला गरिएको अध्यक्ष बोहोराले बताए ।

उक्त प्राण प्रतिष्ठा काठमाण्डौंका महन्त गोकुलानन्दको प्रमुख आतिथ्यतामा गरिएको थियो । कार्यक्रममा श्री १००८ कैलाशानन्द सरस्वती ज्यू महाराजाले आर्शीवचन दिएका थिए । कार्यक्रममा विभिन्न धर्मका गुरु, विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधिहरुलगायत उद्योगी व्यवसयीहरुको सहभागिता रहेको थियो । धामले पहिलो पटक स्थानीय स्तरमा भूतेश्वर महादेवको प्राण प्रतिष्ठा गरेपछि बोलबम र शिवजीलाई जल चढाउन टाढा जानु नपर्ने स्थानीयको भनाई छ । कार्यक्रमको सञ्चालन धामका सल्लाहकार सदस्य लक्ष्मीप्रसाद उप्रेती र व्यवस्थापन बालकृष्ण उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here