अनसनरत डा.केसीको अवस्था अत्यन्तै नाजुक

0
53

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.गोविन्द केसीको अवस्था निकै नाजुक हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आज डा.केसीको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरुले डा.केसी जुनसुकै बेला अचेत हुन सक्ने दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै डा.लक्ष्मण भुषालले डा.केसीले बिस्तारै होस गुमाउदै जानु भएको जानकारी दिए । १५ औं अनसनको २६ दिनसम्म आइपुग्दा डा.केसीको शरीरमा सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको बताइएको छ ।

डा.भुषालका अनुसार डा.केसीको हिजो रगत जाँचको लागि पठाएको कुरा समेत उनले आज बिर्सिएका छन्, उनको स्मरण शक्तिले काम गरिरहेको छैन् । पत्रकार सम्मेलनमा डा.भुषालले भने, ‘अब केहिदिन यहि अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गइ अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था पनि आउनसक्छ ।’

डा.केसीको उपचार र हेरचाहमा समेत लापर्वाही भैरहेको डा.केसीको साथमा रहदै आएका किशोर केसीले जानकारी दिए । उनले भने, ‘अस्पतालले एउटा मेडिकल टिम बनाएर चौबिसै घण्टा डा.केसीको स्वास्थ्य स्थितिलाई निगरानी गर्नुपर्ने, तर त्यसतर्फ कुनै पहल गरेको छैन । रातमा त झन कोही पनि हुँदैन ।’

डा. भुषालका अनुसार डा.केसीको रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उनी जुनसुकै बेलामा अचेत अवस्थामा पुग्न सक्नेछन्। उनले भने, ‘रगतमा पोटासियम अतिनै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटुनै बन्द हुनसक्ने अवस्था आउनसक्छ ।’

चिकित्सकहरुका अनुसार  यो अवस्थाको बिरामीलाइ आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा.केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताउनुभएकोले त्यसतर्फ कुनै चासो दिइएको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here