संसदकाे गतिराेध अन्त्य गर्ने सहमति, भाेली प्रधानमन्त्री चयन गर्ने कार्यतालिका

0
75

सोमबार सभामुख ओनसरी घर्तिको कार्यकक्षमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।

सहमति अनुसार तीन दलका शीर्ष नेताहरुले भोली बस्ने संसदको पहिलो बैठकलाई सुरुमा सम्बोधन गर्नेछन् । सहमति अनुसार सत्तापक्ष नेपाली कांग्रेस र माओवादीले स्थनीय तहको दोस्रो चरणको निर्वाचन, प्रदेश तथा संघीय संसदको निर्वाचन समयमै निश्पक्ष रुपमा गराउने प्रतिवद्धता जनाउने छन् । त्यसपछि संसदलाई एमाले नेताले सम्बोधन गर्ने छन् ।

यस्तै भोली नै बस्ने संसदको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयन गर्ने कार्यतालिका रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा एमाले अध्यक्ष केपी अाेली बाहेकका शीर्ष नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया: