ईदकाे अवसरमा भाेली सार्वजनिक बिदा : गृह मन्त्रालय

0
30

साेमबार असार १२ गते इस्लाम धर्मावलम्बीहरुकाे पर्व ईद उल फितरकाे अवसरमा सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ ।

गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ईदकाे दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे हाे ।
इस्लाम धर्मावलम्बीले आज (सोमबार) इद (इद उल फित्र) मनाउ“दै छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । इद खुसी साट्ने पर्व हो ।

इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी १ महिनासम्म रोजा बस्छन् । रोजा सकिएपछि खुसी स्वरूप ईद मनाइन्छ ।

ईदका दिन मस्जिद वा इदगाह (इदको नमाज मात्र पढ्न बनाइएको खुला ठाउ“) मा भेला भई नमाज पढ्ने चलन छ । इदको नमाजपछि आपसमा गला मिलाएर ‘इद मुबारक’ भन्दै शुभकामना आदान–प्रदान गरिन्छ ।

ईदको दिन बिहानै नुहाइ–धुवाइ, सफा र नया“ कपडा र अत्तर (बास्नादार चिज) लगाएर सेबई, फलफूल, बिरयानी वा अन्य मीठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् । नमाजपछि एक–अर्काका घरमा पाकेको मीठा परिकार खाने र शुभकामना आदान–प्रदान गर्ने चलन छ । इदमा आफन्त र इस्टमित्रलाई पनि घरमा बोलाएर खानेकुरा खुवाइन्छ ।

इदको नमाज पढ्नुअघि हरेक व्यक्तिले आफ्ना परिवारका तर्फबाट ‘सदाए फित्रा’ स्वरूप तोकिएको निश्चित रकम तिर्नुपर्ने हुन्छ । त्यो रकम अलग्गै जम्मा गरिन्छ । त्यस्तो रकम गरिब, फकिर, असहाय, विपन्न, मिस्किनले मात्रै प्रयोग गर्न सक्छन् ।

इस्लामका ५ आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मा मध्ये रोजा (व्रत) एक खम्बा हो । अन्य महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् । यो दान गर्ने महिना पनि हो । त्यसैले यो महिनामा धनाढ्यहरूले गरिब र विपन्नलाई आर्थिक सहयोगसमेत गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया: