झापामा थपिए दुईवटा नगरपालिका

0
40

झापा | तराईका जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने क्रममा सोमबारदेखि झापामा पनि  दुई वटा नगरपालिका थपिएका छन् ।  यसअघि आठ वटा नगरपालिका रहेको झापामा अब नगरपालिकाको संख्या दश पुगेको छ । सरकारले बुद्घ —शान्ति र कमल गाउँपालिकालाई नगरपालिका घोषणा गरे लगत्तै जिल्लामा रहेका सातवटा गाउँपालिकाबाट घटेर ५ वटा गाउँपालिका भए । अब देशभर स्थानीय तहको संख्या ७ सय ६६ पुगेको छ ।

जिल्लामा दुई वटा गाउँपालिका नगरपालिकामा घोषणा भए लगत्तै त्यस ठाउँका स्थानीयलेवासीले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नगरपालिका बन्नका लागि सडक, बिजुली, खानेपानी, ढल टेलिफोनलगायत पूर्वाधार आवश्यक पर्ने हो । तर, पछिल्लो पटक घोषणा भएका झापाका नगरपालिकावासी यी आधारभूत पूर्वाधारकै अभावमा नगरवासी बनेका छन् । हचुवाकै भरमा नगरपालिका बनाइँदा अहिले पनि आधारभूत पूर्वाधार पुरा गरिएको छैन । त्यसैले सर्वसाधारण आधारभूत पूर्वाधारकै अभावमा नगरबासी बन्न बाँध्य छन् ।

‘गाउँपालिकाको वासिन्दा भन्दा कता कता हिनता बोध हुन्थयो’ झापा उद्योग बाणिज्य संघ तोपगाछीका सचिव बीरेन्द्र अधिकारीले भने—‘सरकारले कमल गाउँपालिकालाई नगरपालिका घोषणा गरेकोमा हामी यसक्षेत्रका हरेक व्यवसायी खुशी छौ ।’ अब हरेक नागरिकले केन्द्रबाट पाउदैं आएकोसेवा सुविधा अब स्थानीय तहबाटै प्राप्त गर्ने भएकाले पनि कमल गाउँपालिकावासी यो घोषणाले उत्साहित बनेको उनले बताए ।

यसअघि लखनपुर र तोपगाछी गाविसलाई समायोजन गरेर कमल गाउँपालिका बनेको थियो । नगरपालिका बनेकोमा त स्थानीयवासी उत्साहित भएपनि उनीहरु प्रत्येक नगरपालिकाबाट नगरवासीले प्राप्त गर्ने सेवा सुविधामा बञ्चित हुनु पर्ने होइन भन्नेमा पनि संशकित छन् । नगरपालिका घोषणा भएर मात्र हुदैंन स्थानीय बशन्तराज कार्कीले भने —‘ नगरपालिका घोषणा गर्दा पूर्वाधार निर्माण गरेर मात्र घोषणा गरेको भए राम्रो  हुने थियो ।’ नगरपालिका भएपछि नगरवासीले कर मात्रै तिर्नुपर्ने सेवा सुविधा गाविस स्तरकै लिनुपर्ने हो भने यो घोषणा नगरवासीका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मत भने झै हुन्छ उनले थपे । ‘अझै पनि जिल्लाका धेरै नगरपालिका सञ्चार, विद्युत खानेपानी विहिन अवस्थामा छन् ’कमल  गाउँपालिकाका सनम बस्नेतले भने —‘नगरका विभिन्न वडाका टोलमा अझै पनि धेरै नगरवासी कुपी, लालटिनको भरमा बस्न बाँध्य छन्, खानेपानीको अभाव छ । ’

बुद्धशान्ति गाउँपालिकालाई सरकारले नगरपालिका बनाउने सोमबार राती निर्णय गरेसँगै बुद्धशान्तिका वासीन्दाले समेत मिश्रित टिप्पणी गरेका छन् ।

डाक्टर भक्तराज दाहालले गाउँपालिकाबाट नगरपालिका भएकोमा आफु व्यक्तिगत रुपमा खुसी नभएको बताए ।  ‘यो कदमले जनता भन्दा सरकार ठूलो    देखियो’ डाक्टर दाहालले भने—‘जनचाहना नबुझि हतारको निर्णय हो यो ।’ शिक्षासेवी तथा साहित्यकार मुनाराज शेर्माले यो निर्णयले आफू आश्चर्यमा  परेको प्रतिक्रिया दिए । नगरपालिका हुनु त राम्रो हो तर नगरपालिकालाई आवश्यक पर्ने पूर्वाधार नै तयार नगरी हठातमा नगरपालिका घोषणा गर्दा समस्या निम्तिने उनको भनाई छ । दाहाल र शेर्माको धारणाभन्दा भिन्न विचार छ आदर्श नमुना सामुदायिक वन समितिका अध्यक्ष तिलक रिजालको ।

‘म यो घोषणालाई स्वागत गर्छु ’उनले भने —‘बुद्ध—शान्तिबासीले जे चाहेका थिए त्यो  आज पुरा भएको छ ।’ होक्से कृषि सहकारी संस्थाका अध्यक्ष मोहन तिम्सिनाले बुद्धशान्तिको अवस्था नबुझि रातारात निर्णण हुन राम्रो संकेत नभएको बताए । मुनामदन एकाडेमीका प्रिन्सिपल चेतन ढुंगेल भने यो निर्णयबाट निक्के खुशी छन् ।

गाउँको कर बढेपनि त्यो कर यही खर्च हुने हुँदा सकारात्मक कदम भएको उनको भनाई  छ । वर्ने मावि बर्नेका शिक्षक केसी श्रेष्ठले पनि यो निर्णयलाई स्वागत गरेका छन् । नेपाल रेडक्रस सोसाइटी  बुधबारे शाखाका कार्यालय सचिव लेखनाथ अधिकारीले यो निर्णय आफुलाई गजवको लागेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया: