मेचीनगरमा काँग्रेसको प्रसार प्रचारमा तिव्रता

0
66

मेचीनगर । यहि असार १४ गते हुने स्थानीय तहका लागि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसारलाई तिव्रता दिएकोे छ ।
आसन्न निर्वाचनका लागि पार्टीबाट मेयर र उपमेयर पदका उम्मेदवारहरु पार्टीले घोषणा गरेसगै घरदैलो अभियानलाई तिव्रता दिएका हुन् ।

मेचीनगर काङ्ग्रसको प्रसार प्रचारमा तिव्रता

पार्टीले मेयरमा महासमिति सदस्य विमल आचार्य र उपमेयरमा महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडालाई अगाडी सारेको छ । मेयर र उपमेयरका प्रत्यासीसहित मङ्गलवार मेचीनगरका विभिन्न वडामा पुगेर कोणसभा तथा घरदैलो अभियान सम्पन्न गरेका हुन् । मेचीनगर १ को कृष्ण निमावि, मेचीनगर २ को भानु मावि, मेचीजनसाधारण मावि, मेचीनगर ३ को जनता मावि, मेचीनगर ३ को नवज्योति मावि, मेचीनगर ८ को टोक्ला चिया बगान, मेचीनगर २ को दिपज्योति चोक, मेचीनगरको १४स्थित रामजानकी शिव तथा दुर्गा मन्दिर, मेचीनगर १३ स्थित टासी फुन छोग् छोइ खोरलिङ्ग गुम्बामा अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।

मेयरका प्रत्यासी विमल आचार्यले मेचीनगरको सिङ्गो विकासमा आफु निरन्तर लाग्ने प्रतिवद्ता व्यक्त गर्दै आफुलाई मत दिएर विजय गराउन आग्रह गरे । यसैगरी उपमेयरकी प्रत्यासी दुर्गा खतिवडाले मेचीनगरको विकासका निम्ति आफु कटिबद्ध भएर लाग्ने बताइन् ।

तपाईको प्रतिक्रिया: