एमालेको कतै उम्मेद्वार घोषणा कतै घरदैलो

0
36

झापा | लामो समयको रस्साकसीपछि असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले बिर्तामोड नगरपालकिाका लागि उम्मेद्वारको नाम शुक्रबार घोषणा गरेको छ । विर्तामोड नगरपालिकाका लागि नगरप्रमुख, उपप्रमुख, १० वटा वडाका वडाध्यक्ष र नगर सदस्यसहित ५२ जना उम्म्ेद्वारको नाम घोषणा गरेको हो ।
एमालले नगर प्रमुखका लागि ध्रुव शिवाकोटी र उपप्रमुखमा पवित्रा महतारा प्रसाईँलाई अघि सारेको छ । घोषणा सभालाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य एवम् पूर्व कानुन मन्त्री अग्नि खरेलले एमालेभित्र कुनै पाि खालका गुट उपगुट नभएको दाबी गरे ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य हिक्मत कार्कीले अभैmपनि संबिधान नचाहने शक्तिको चलखेल बढिरहेको बताए । उनले एमालेले हरेक ठाउँमा सशक्त दबाब दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नगरप्रमुखका उम्मेद्वार ध्रुव शिवाकोटी र उपप्रमुखका उम्मेद्वार पवित्रा महतारा प्रसाईले ५ बर्षभित्र बिर्तामोडलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको समृद्व नगर बनाउने प्रतिबद्वता जाहेर गरे ।

नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुखका आकांक्षी एकराज कार्कीले अब एकताबद्व भएर पार्टीलाई जिताउन सवै एक ढिका भएर लाग्नुपर्ने बताए । पबित्रा निरौला खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रिय सदस्य, सासंद लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

उता, कमल गाउँपालिकामा एमालेकातर्फबाट उम्मेद्वार टुंगो लागे लगत्तै घरदैलो अभियान तीव्ररुपमा शुरु भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार मेनुका काफ्ले, उपाध्यक्ष पदका उम्मेद्वार बेणु शिवाकोटीसहितका सवै वडाध्यक्ष, नगर सदस्य पदका उम्मेद्वारहरु सहभागी संयौ नेता कार्यकर्तासहितले घरदैलोसहित मतदातासँगको भेटघाटलाई तीव्र पारेको चुवाव प्रचार प्रसार कमिटीका संयोजक भिम प्रसाद राईले जानकारी दिए । राईका अनुसार ३ नम्बर वडाका विभिन्न स्थानमा घरदैलो गरेको हो । २९ हजार ५ सय २९ मतदाता रहेको कमल गाउँपालिकाको वडा नम्बर ३ मा ३ हजार ५ सय ८९ मतदाता रहेको छ ।

तपाईको प्रतिक्रिया: