काँग्रेसले गर्यो बिर्तामोडका उम्मेदवार घोषणा

0
46

बिर्तामोड । काँग्रेसले झापाको बिर्तामोड नगरपालिकाका लागि प्रमुख, उपप्रमुख तथा १० वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारको नाम घोषणा गरेको छ । आइतबार काँग्रेस  बिर्तामोड नगर चुनाव प्रचारप्रसार समितिले एक कार्यक्रमका बीच सबै उम्मेद्वारको नाम सार्वजनिक गरेको हो ।

काँग्रेसले बिर्तामोड नगरपालिकाका लागि जलकुमार गुरुङलाई मेयरको उम्मेदवार बनाएको छ । पार्वता गिरीले उपमेयरको टिकट पाएकी छिन् । मेयर पदका उम्मेदवार गुरुङ बिर्तामोडका सामाजिक व्यक्तित्व हुन् । काँग्रेस को राजनीतिसँगै उनी दर्जनौँ संघसंस्थामा क्रियाशील छन् । उपमेयरकी उम्मेद्वार पार्वता काँग्रेसकी जिल्ला सदस्य हुन् ।

काँग्रेसले बिर्तामोड–१ नम्बर वडाको अध्यक्षमा देविका बस्नेतलाई उम्मेद्वार बनाएको छ । २ नम्बर वडामा प्रतिमान खड्काले अध्यक्षको टिकट पाएका छन् ।  बिर्तामोड–३ का लागि काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालाई अध्यक्षको उम्मेद्वार बनाइएको छ । बिर्तामोड–४ मा कुलप्रसाद सङ्ग्रौला, ५ मा लक्ष्मी आचार्य, ६ मा सूर्य कन्दङ्वा, ७ मा रत्नकुमार श्रेष्ठ, ८ मा यदु दाहाल, ९ मा भोलानाथ पौडेल र १० नम्बरमा दुर्योधन गुरुङलाई वडाध्यक्षको उम्मेद्वार बनाइएको छ ।

सांसद् सुधिरकुमार शिवाकोटी, काँग्रेस झापाका सभापति उद्धव थापा, पूर्व जिल्ला उपसभापति देउमान थेबे, २ नम्बर क्षेत्रीय सभापति नवीन विमली, महिला संघ झापाकी अध्यक्ष सुशीला ढकाल, नेविसंघका केन्द्रीय सदस्य सन्तोष उप्रेतीलगायतको उपस्थितिमा उम्मेद्वारको नाम घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया: