आज उम्मेद्वारी दर्ता हुदै, झापामा को को उम्मेद्वार (सबैको नाम सहित)

0
74

मेचीनगर  | दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । दोस्रो चरणमा असार १४ गते हुने निर्वाचनमा ३३ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन हुने भएको छ ।

झापाका दलहरुले पनि उम्मेद्वारी दर्ताको भिन्न भिन्न तरिकाले तयारी गरेको जनाएका छन । बिहान ८ बजेदेखी अपरान्ह ४ बजे सम्म आयोगले उम्मेद्वारी दर्ताको समय तोकेको छ । स्थानीय स्तरमा भने निर्वाचन अधिकृत र दलहरुको सहमतिमा फरक फरक दलका लागि उम्मेद्वारी दर्ताको लागि फरक फरक समय तोकिएको छ । दलहरुले आफ्नो समयमा कार्यकर्ताहरुको ठुलो समूह सहित उम्मेद्वारी दर्ताको तयारी गरेको बताएका छन ।

झापामा पनि उम्मेद्वारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको झापाका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले झापा टाईम्सलाई जानकारी दिनु भयो । आज बिहान ८ बजे देखी अपरान्ह ४ बजे सम्म उम्मेद्वारी दर्ताको काम हुने र अपरान्ह ६ बजे दर्ता भएका उम्मेद्वारहरुको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिनु भयो ।
मेचीनगर नगरपालिकामा राजनितिक दलहरुले उम्मेद्वारी दर्ता गर्न अघि उम्मेद्वार परिचय तथा घोषणा सभा पनि गर्दै छन ।

 

तपाईको प्रतिक्रिया: