मेचीनगर २ मा एमाले कै जित

0
114

मेचीनगर । नेकपा एमालेको मेचीनगर –२ मा प्यानल नै विजयी भएको छ ।

एमालेका अध्यक्ष पदका प्रत्यासी तिलक न्यौपानेले १०१८ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हिम्मत क्षेत्रीले ८१२ मत प्राप्त गरेका थिए । त्यसैगरी खुल्ला महिला सदस्य पदमा गंगा कार्कीले ११२८ मत, दलित महिला पदमा सिता मोतेले १२०० मत, खुल्ला सदस्य पद(एक चिन्ह)मा बेनुप राईले ११३१ मत र खुल्ला सदस्य पद (दुई चिन्ह) मा सुरेश घिमिरेले १०५९ मत प्राप्त गरी विजयी भएका हुन् । यस अघि एमालेको मेचीनगर –१४ मा पनि प्यानल नै विजयी भएको थियो । हालसम्म ४ वटा वडाको मत परिणाम समाप्त भइसकेको छ ।

त्यसैगरी नगर प्रमुख पदमा नेकपा एमालेको बिष्णु प्रसाई ६०९५ मतका साथ अघि छ, भने नेपाली कांग्रेसको नगर प्रमुखका बिमल आचार्य ५५९३ मतले दोश्रो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया: